अपडेट 
२०७८ भाद्र १२, शनिबार ०७:२२

गौर । लागूऔषध नाईट्रोभेट ट् याब्लेट हालेर पत्रकारलाई फसाउने घटनामा दोषि देखिएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियालाई कारवाहीको माग गर्दै पत्रकारहरुले गौरमा प्रदर्शन गरेका छन् ।

पत्रकार मोहमद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीको रोहवरमा लागूऔषध राख्न लगाईएको सिसि टिभी फुटेजबाट प्रमाणित भएपछि तत्कालीन निमित कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका डीएसपी चिमोरियाको समेत संलग्नता रहेकोले कारवाही गर्न पत्रकारहरुले सडकमा प्रदर्शन गरेका हुन् । विदामा घर गएका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहलाई सार्वजनिक भएको अडियो संवादको आधारमा जिम्मेवारी खोसिएको थियो । प्रत्यक्ष रुपमा संलग्न रहेका प्रहरी नायव उपरीक्षक चिमोरियालाई पनि निलम्बन गरि लागूऔषध ओसार पोसारको अभियोगमा मुद्दा चलाउनु पर्ने माग गर्दै पत्रकारहरुले प्रहरी प्रशासनको विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको छ । पत्रकार फसाउन पाइदैन, पत्रकार एकता जिन्दावाद , दोषी माथि कारवाही गर, डि एस पी चोमोरियालाई निलम्बन गर जस्ता नारा लगाउदै मधेशी क्रान्ति चौक बाट निस्केको रैली जिल्ला प्रसाशन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य शैलेन्द्र झाले आम नागरिकको सुरक्षाको अभिभारा बोकेका प्रहरी द्वारा निर्दोस पत्रकारलाइ फसाउने गरेको घृणित कार्यमा संलग्न भएकालाई कानुनी कारवाही गर्नुपर्ने माग गरेका छन् । समाचार लेखेको भर पत्रकारलाइ फसाउने कार्य अनुचित रहेकोले सड्यन्त्रमा संलग्न भएकाहरुलाई कानुनी कार्यवाही गर्नु पर्ने बताए । कानुनी कार्यवाही गर्न सकिए नभने प्रहरी विरुद्ध पत्रकारहरु सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष शैलेन्द्र गुप्ताले प्रहरीको कार्य देखेर कतिपय निर्दोष व्यक्ति अपराधी सावित भएर जेल परेको अनुमान गर्न सकिने भएकोले घटनाको निष्पक्ष रुपमा छानविन हुनु पर्ने बताए ।

Comment


Related News

Latest News

Trending News