२०७८ भाद्र १२, शनिबार ०७:३७

जनकपुरधाम । राज्यको विभिन्न तह तप्कामा जनसंख्याको हिसाबले सबै धर्म जात, समुदायको प्रतिनिधित्व नभए सम्म देश र प्रदेशको विकास नहुने वक्ताहरुले धारणा राखेका छन् ।

नेपाल मधेश फाउण्डेशले शुक्रबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा वक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा सम्वोधन गर्दै प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले मधेशी, दलित, मुस्लिम, आदीवासी जनजाति तथा समाजमा पछाडि परेका वर्गको उत्थानको लागि राज्यको हरेक क्षेत्रमा ति सामुदायको प्रतिनिधत्व हुनुपर्ने बताए । सरकारसँग सेना, प्रहरी प्रशासन, बजेट र कानुन रहेको हुन्छ, उनले भने,‘तीन वटै निकायबाट सुशासनको स्थापना हुने भएकोले यी निकायहरुमा जनसंख्याको आधारमा प्रतिनिधित्व भएको खण्डमा पछाडि परेका वर्ग, समुदायको उत्थान हुन्छ ।’ समानुपातिक जस्तै प्रत्पक्ष निर्वाचनमा पनि जनसंख्याको हिसावले आरक्षण सिटको व्यवस्था हुनुपर्ने उनले बताए । कार्यक्रममा प्रदेश सांसद सीता गुरुङले महिलाको विकासको लागि महिलाले आफ्नै घर ठाउँबाट संघर्ष सुरु गर्नुेपर्ने बताईन् । महिला सम्बन्धि अधिकार हुदाँ हुदै जनचेतनाको अभावमा महिलाहरु अगाडी बढ्न नसकेको भन्दै उनले भनिन्,‘ अव महिला घरमै सीमित रहेर हुदैन्, महिलाले कानुनमा दिएको अधिकारको लागि पनि आफ्ै अगाडी आउनुपर्छ ।’ कार्यक्रममा जनकपुरधामका पुर्व उपमेयर असगर अलीले नेपालमा दलितभन्दा पनि मुस्लिम सामुदायको अवस्था दयनीय रहेको बताए । नेपालका मुस्लिम समुदाय आर्थिक, समाजिक, सास्कृतिक, शैक्षिक रुपमा निकै पछाडि रहेको बताउदै उनले भने,‘दलित, आदीवासीको मुद्दा विभिन्न क्षेत्रबाट उठाईन्छ तर मुस्लिम सामुदायको समस्या कसैले उठाउन चाहदैनन्, कसैले उठाउन चाहेपनि त्यसलाई सप्रदायिकताको रंङ दिने काम गरिन्छ ।’

समावेशी, समानुपातिकको कुरा गर्ने राजनीतिक दलहरु नै समावेशी नरहेको उनले आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News