अपडेट 
२०७८ भाद्र १२, शनिबार ०८:००

मलगंवा । डेढ महिनाअघि बाढीले भत्काएको सर्लाहीको लालबन्दी नगरपालिका वडा न–३ जब्दी र ईश्वरपुर नगरपालिका वडा न–८, रामपुरलाई जोड्ने निर्माणाधीन पुलको निर्माण कार्य अलपत्रमा परेकोछ ।

गत असार १५ गते उक्त खोलामा आएको बाढीले करिब ८० प्रतिशत निर्माण कार्य पूरा भइसकेको उक्त पुल निर्माणको काम अघि बढ्न सकेको छैन् । ढलान भएको दुई सातामै बाढी आएर पुलमा क्षति पु¥याएको थियो । ईश्वरपुर नगरपालिका वडा न–८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारले बेलैमा काम नगरेरका कारण बाढीले पुलमा क्षति गरेको बताए । २०० मिटर लामो पुलको करिब ४० मिटर क्षति भएको छ । सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो । पुलको निर्माणकार्य पूरा नहुँदा लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अन्य ठाउँका बासिन्दालाई अहिले बर्षातको बेला आवतजावतमा समस्या भएको छ । ठेकेदार कम्पनीले लापरवाही ढंगले काम गरेको र समयमै कामदार हरुको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको लालबन्दी–३ जब्दीका राम कैलाश चौधरीले बताए । पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले १२ करोड रुपैयाँमा ठेक्का लिएको छ । संघीय सरकारको सहयोगमा आर्थिक वर्ष २०७५÷७६ बाटै पुल निर्माण कार्य सुरु भएको थियो ।

Comment


Related News

Latest News

Trending News