२०७८ भाद्र १२, शनिबार ०८:०३

मलगंवा । सर्लाहीको गोडैता नगरपालिका वडा न–६ बगदहमा सय जना छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत बगदहस्थित श्री रामजानकी आधारभुत विद्यालय र गोडैता नपा– २ जयपुरस्थित श्रीजनता माध्यमिक विद्यालयमा अध्यनरत ५०÷५० जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । श्री रामजानकी आधारभुत विद्यालयका प्रधानाध्यापक रमाशंकर प्रसाद कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा सर्लाही क्षेत्र नं–४ (ख) का प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहाले कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेका हुन् । बिहीबार आयोजना गरिएको उक्त साइकल वितरण कार्यक्रममा गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव,उपमेयर अंजना कुशवाहा,शिक्षा इकाई प्रमुख रामआधार सिंह कुशवाहा,नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादव, सुनिल कुशवाहा, विभिन्न राजनीतिक दलका प्रतिनिधि,समाजसेवी,शिक्षक लगायत पत्रकारहरुको सहभागिता रहेको थियो

Comment


Related News

Latest News

Trending News