२०७८ भाद्र १२, शनिबार ०८:२४

काठमाण्डु ।नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीका लागि शुक्रवार शुभारम्भ गरेको सम्पर्क कार्यालयमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव समेतका सन्तमहन्थहरु सहभागि थिए ।

तर नेता निधिका धनुषा जिल्लामा सहयोगी रहेका पूर्व मन्त्री महेन्द्र यादव, आनन्द प्रसाद ढुंगाना, रामकृष्ण यादव लगायतका नेताहरुले साथ छाडेका छन् । नेता निधिले सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा अनुपस्थित रहेका महेन्द्र यादव सो समयमा गृहमन्त्री बालकृष्ण खाँडसँग प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा लविंग गरिरहेका थिए ।रामकृष्ण यादव भने रामचन्द्र पौडेलको सकृयतामा प्रकाशमान सिंहको चाक्सीबारीस्थिति निवासमा आयोजना गरिएको बैठकमा सहभागि थिए ।नेता ढुंगानासित सम्पर्क हुन सकेन् । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ढुंगाना, २ मा रामकृष्ण यादव र ३ मा महेन्द्र यादव प्रतिनिधि सभामा चुनाव लडेका थिए ।उनीहरु नेता निधिलाई १४ औं महाधिवेशनमा सहयोग नगर्ने कित्तामा उभेका छन् । ‘सभापतिमा सबैले आ– आफ्नो स्वेच्छाले उम्मेदवारी घोषणा गरेका छन्’ रामकृष्ण यादवले भने, उहाँलेपनि घोषणागरि सम्पर्क कार्यालय खोल्नु भएको छ ।त्यसमा जानु आवश्यक थिएन ।निधिजी सम्पर्क कार्यालयको उदघाटन गरिरहेको बेला म प्रकाशमान सिंहको निवासमा बैठकमा थिए’ यादवले भने, चुनावमा सबैलाई निर्णयलिने अधिकार छ ।

काठमाण्डुमै रहने गरेका नेताहरु सम्पर्क कार्यालय शुभारम्भ कार्यक्रममा सहभागि नभएपनि धनुषाबाट प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी मन्त्री ओमप्रकाश शर्मा, युवा नेता जीवनाथ चौधरी लगायतका युवा नेता, कार्यकर्ताहरु सहभागि थिए ।

Comment


Related News

Latest News

Trending News