अपडेट 
२०७८ भाद्र १२, शनिबार ०८:३३

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालकी कार्यकारिणी सदस्य रेणु यादवले पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारी मिलेर मुलुकलाई दलदलमा फसाएको आरोप लगाएकी छन् ।

जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उनले २१औ शताब्दीमा जनता नेताको झुठा भाषण नस्वीकार्ने बताइन । महन्थ ठाकुरको गैर जिम्मेवारीपनका कारण मधेस मुद्दा कमजोर भएको बताउँदै अन्यको आदेशमा ठाकुर प्रतिगनको मतियार बनेको आरोप लगाइन् । कार्यक्रममा नेता राजेन्द्र महतो प्रति व्यंग्य गर्दै मधेश बेचुवालाई टुडिखेलमा झुण्डयाउने भाषण गर्ने महतो आन्दोलन छाडेर उप प्रधानमन्त्री बन्न बालुवाटार पुगेको बताइन् । उपप्रधानको लोभमा परेका महतो नाम पछाडी न त पुर्व उपप्रधान लेख्न पाए न भविष्य लेख्न पाउने छन्, उनले भनिन् । कलयुगमा जनतालाई ठग्नेलाई चुनावमा जनताले अस्वीकार गर्ने उनले थपिन् ।

पुर्व राजपाका ८० प्रतिशत नेता कार्यकर्ता जसपामा रहेको बताउँदै चार जना मिलेर बनेको समुह फासफुस कम्पनी रहेको टिप्पणी गरे ।

Comment


Related News

Latest News

Trending News