अपडेट 
२०७८ भाद्र १२, शनिबार ११:२४

अफगानिस्तानमा अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध हवाई आक्रमण गरेको छ ।

बिहीबार काबुल एयरपोर्टमा भएको आक्रमणलगत्तै अमेरिकी सेनाले ड्रोनमार्फत आईएसविरुद्ध हवाई आक्रमण गरेको हो । काबुल एयरपोर्टमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो । हवाई आक्रमण इस्लामिक समूहका योजनाकारलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरिएको  अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । काबुल एयरपोर्टमा भएको हमलाको जिम्मेवारी आईएस– केले लिएको छ । अमेरिकी सैनिकले अफगानिस्तानको नांगाहार प्रान्तमा ड्रोन आक्रमण जारी राखेको छ । सो आक्रमणमा काबुल एयरपोर्टमा बम विष्फोट गराउन भूमिका खेल्ने योजनाकार मारिएको अनुमान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News