अपडेट 
२०७८ भाद्र १२, शनिबार १६:४७

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८५७ जना नयाँ संक्रमित थपिएका हुन् । कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप २ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर १.५ प्रतिशत रहेको छ ।

Comment


Related News

Latest News

Trending News