अपडेट 
२०७८ भाद्र १४, सोमबार ०७:३२

जनकपुरधाम । जलेश्वरको अंकार घना बस्ती छ । तर वस्ती प्रवेश गर्ने सडक नै छैन् ।

वर्षाको पानी सडकमा पानी जमेपछि स्थानीय समस्यामा परेका छन् । सडकमा आवतजात गर्न नसकेपछि घरको मोटर साइकल घरमै थन्किएको छ भने बाहिरबाट आउनेहरु सवारी साधन गाउँ बाहिरै राख्न बाध्य भएका छन् । जलेश्वर नगरपालिका–७ को अंकार टोलको अवस्था हिलाम्य बनेको छ । बथनाहा ,हलखोरी चकबा हुँदै जलेश्वर सम्सी हुलाकी सडक जोड्ने मुख्य सडकमा खाल्डो बनेर सडकबाटै पानी बग्न थालेपछि स्थानियलाई आवतजावतमा समस्या भएको हो । गाउँ जोडने सडक जलमग्न भएपछि केहि दिन यता अंकार गाउँ टप्पुमा परिणत भएको छ । बखरी , महादेवपट्टी, बेला र अंकारको सडक अविरल वर्षापछि जलमग्न बनेको हो । नगर क्षेत्रको सडकमा आवतजावत गर्न नसक्ने अवस्था आएपनि जनप्रतिनिधि बेखबर छन् । विगत चारवर्षमा अंकारमा सडक निर्माण र मर्मतकालागि कुनै प्रयास नभएका स्थानीय जितेन्द्रकुमार यादवले बताए । वर्षा भएपछि नगरपालिका जलेश्वर समेत जान सक्ने अवस्था हुन्न, स्थानीय यादवले भने, ‘ जलेश्वरका जनप्रतिनिधिले विभेद गरेका छन् । पटक— पटक वडाध्यक्षलाई जानकारी गराउँदा पनि कुनै सुनुवाई भएन । अवस्था यस्तो छ कि तपाईलाई मोटरसाईकल छोडेर एक किलोमिटर हिँडेर रिर्पोटिंग गर्न आउनु प¥यो ।’ सडकको दुरावस्था बारे जानकारी गराएपनि मेयर वास्ता नै गरेन, उनले भने । गाउँको सडक बारे जानकारी गराउन जाँदा, विकास निमार्णको जानकारी माग्दा नगरपालिकाले कुनै वास्ता नगरेको यादवले बताए । नगरपालिकामा जनप्रतिनिधि लुट मचाएको प्रमाण अंकारको सडकबाट प्रष्ट हुन्छ, यादवले भने,‘ जनप्रतिनिधि लुट मचाउन सबै एकजुट छन् । विकास गर्ने बेला मेयरले गरि दिएन । यो भयो त्यो भयो बहाना मात्र बनाउछँन ।’ स्थानीय नवल दासले एउटा मोटरसाईकल समेत गाउँबाट बाहिर जाने आउने नभएपछि स्थानीय निकायले गर्ने कामकाज छताछुल्ल भएको आक्रोश पोखे । घर अगाडिकै सडकमा मोटर साइकल डुब्ने पानी जमेको देखाउँदै गरिब जनताको समस्या हेर्ने कोही नआएको उनले बताए । जलेश्वर नगरपालिका–७ अंकारका वडाध्यक्ष रामछविला यादवले अंकारवासीहरुको गुनासो जायज रहेको स्विकार गर्दै आर्थिक वर्ष २०७८÷०७९को योजनामा अंकारको सडकहरु निर्माणको योजना पारित गराएको बताए । नगरपालिकाका मेयर रामशंकर मिश्रको असहयोगका कारण अंकारको सडक निर्माणमा ढिलाई भएको वडाध्यक्ष यादवले गुनासो पोखे । सडक मात्रै होइन वडा कार्यालयको काममा समेत मेयर मिश्रले असहयोग गरेका छन्, वडाध्यक्ष यादवले भने,‘वडा कार्यालयमा २ महिना सम्म सचिव नै आउदैन । नगरपालिकाको बैठकमा गुनासो गरेपनि समस्या ज्युँ का त्युँ छ ।’

माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका कारण मेयर मिश्रले असहयोग गरेको छ, उनले भने । यता जलेश्वर नगरपालिकाका मेयर रामशँकर मिश्रासंग अंकारको समस्या बारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आएन ।

Comment


Related News

Latest News

Trending News