अपडेट 
२०७८ भाद्र १५, मंगलवार ०७:४७

जनकपुरधाम । महोत्तरीको बाढी पीडितहरुलाई आइतबार राहत वितरण गरिएको छ ।

जिल्लाको बलवा नगरपालिका—४ पडौल र तिलगढका १ सय २० बाढी पीडित घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्रीहरु प्रदान गरिएको हो । महोत्तरी क्षेत्र निर्वाचन क्षेत्र नम्बर २ का सांसद एवं पुर्व उर्जा मन्त्री शरत सिंह भण्डारी तथा प्रदेश सभासद सुरिता साहले व्यक्तिगत खर्चमा राहत वितरण गरेको जानकारी युवा नेता ज्ञानेन्द्र झाले दिए । राहत स्वरुप एक घर परिवारलाई १० किलो चामल , १ किलो दाल , १ लिटर खानेतेल , एक किलो नुन , ५आलु , दुई किलो प्याज , दुई किलो चिउरा , दुई सय ग्राम सोयाबीन तथा २ सय ५० ग्राम चिनी वितरण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News