२०७८ भाद्र १६, बुधबार ०७:०८

जनकपुरधाम । जनता समाजवाटी पार्टी (जसपा)का केन्द्रिय सदस्य एवं प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहालाई आफ्नो निर्वाचन क्षेत्रमा भव्य स्वागत गरिएको छ ।

मंगलवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा पूर्व राज्यमन्त्री कुशवाहालाई स्थानीय नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन् । पार्टीको निर्णय अनुसार राज्यमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक आफ् नो निर्वाचन क्षेत्र पुगेका उनको स्वागतमा नेता कार्यकर्ताहरुले विशाल मोटरसाइकल र्याली समेत निकालेका थिए । जसपा मनरा शिसवा नगर समितिले वडा नम्बर ३ मा सम्मान कार्यक्रम नै आयोजना गरेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री कुशवाहाले भने, ‘ पार्टीलाई जोगाउन पद छाड्यौं । अहिले पनि साँसद छु । र पदमा रहेपनि नरहेपनि तपाईहरुको सेवा गरिरहन्छु ।’ आफूले निर्वाचनमा गरेको वाचामध्ये ९० प्रतिशत पुरा गरिसकेको समेत उनले दावी गरे । मतदाताहरुलाई उनले भने, ‘करिब १०÷१५ प्रतिशत अझै काम गर्न बाँकी छ । अहिले पनि एक वर्ष साँसदको कार्यकाल छ । तपाईहरु समक्ष गरेको सबै वाचा पुरा गर्छु ।’ हरेक वडामा सार्वजनिक दलान बनाएका उनले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारको विकासमा आफ्नो विशेष जोड रहेको उनको भनाई थियो । जसपा पार्टी नफुटेको बल्कि जसपाभित्र रहेको सत्तालिप्साहरु भागेको उनको आरोप छ । उनले भने, ‘केहि नेता सत्ताको लोभमा प्रतिगमनकारीलाई सहयोग गरे । उनीहरुले मधेशको मुद्दा र मधेशी जनतासँग कुनै प्रकारको सरोकार राखेनन् ।

सत्ताको लोभमा पार्टीबाट भागेकाहरुलाई जनताले निर्वाचनमा सबक सिकाउनुपर्छ ।’

Comment


Related News

Latest News

Trending News