अपडेट 
२०७८ भाद्र १६, बुधबार ०७:४२

वीरगञ्ज । वीरगञ्जको सिर्सिया बहुअरी चोकमा मंगलबार दिउँसो भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा पर्साको बहदुरमाई नगरपालिका वडा नम्बर २ पिपरा टोल घर भएका ३० वर्षीय लालबाबु साह तेलीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार वीरगञ्जबाट पश्चिमतर्फ साइकलमा गइरहेका साहलाई आइसिपी भन्सार नाकाबाट निस्किएको एनएल ०१ एबी ४३७५ नम्बरको ग्यास बुलेटले दिउँसो साढे १२ बजेतिर ठक्कर दिएको थियो । आइसिपी भन्सार नाका र सुक्खा बन्दरगाह भन्सार नाकाबाट निस्किने गाडीहरु सो चोक भएर आवतजावत गर्ने गरेका छन् । वीरगन्जबाट ग्रामीण भेगलाई जोड्ने सडकमा चल्ने गाडीहरुको भिड पनि सोही चौकमा हुने गरेको छ । ट्राफिक ब्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको लापरबाहीका कारणले दुर्घटना भएको भन्दै सर्वसाधारणले एक घण्टा चक्का जाम गरेका थिए । त्यहाँ खटिएको प्रहरी युनिट दुईटै भन्सारहरुबाट निस्केका गाडीहरुबाट पैसा असुलीमा ब्यस्त रह्ने गरेको सर्वसाधारणले आरोप लगाए । ट्राफिक प्रहरीलाई असुली बाहेक सवारी आवागमन ब्यवस्थापनमा चाँसो नहुने गरेको उनीहरुको भनाई थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले आरोप गलत भएको बताए । ‘घटनापछि सर्वसाधारणबाट बाटो अवरुद्ध भएको थियो तर तुरुन्तै खोलाइयो,’ ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने, ‘ चोकभन्दा पुर्व कलभर्टमा दुर्घटना भएको हो, ठक्कर दिने ग्यास बुलेट र चालक भारतको मुजफरपुर घर भएका २६ वर्षीय ललन कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’

त्यहाँ रह्ने प्रहरी पैसा असुलीमा ब्यस्त भएको भन्ने आरोप निराधार रहेको उनले बताए

Comment


Related News

Latest News

Trending News