अपडेट 
२०७८ भाद्र १७, बिहीबार ०७:३४

वीरगञ्ज । भारतले मधेसका वाढीपिडितलाई राहत सामग्री प्रदान गरेको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासले नेपाल–भारत महिला मैत्री समाजको समायोजनमा पर्सा जिल्लाका बाढी पीडितलाई राहत सामग्री बितरण गरेको हो । बीरगंजस्थित भारतीय महाबाणिज्य दूतावासमा बुधबार आयोजित एक कार्यक्रमका बिच पर्सा जिल्लाका विभिन्न ४ स्थानीय तहका करिव १०० पीडित परिवारलाई राहत बितरण गरिएको मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले बताइन् । राहत सामग्री बितरण कार्यक्रममा बोल्दै भारतीय महावाणिज्य दूत नितेश कुमारले नेपाल–भारतको सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालको हरेक प्रकृतिक विपदामा भारत सहयोग गर्दै आएको बताए । कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै राजनीतिक कन्सुलर शैलेन्द्र कुमारले नेपाल–भारत बिचको सम्बन्ध बेटीरोटीको रहेको बताउदै नेपालको हरेक क्षेत्रमा भारतले सहयोग गर्दै आएको बताए । उनले आउने समयमा पनि नेपालमा भारतको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।भारतले मधेस लगायत नेपालका सबै क्षेत्र, ठाउँका बाढी पहिरो पीडितलाई सहयोग गरेकोमा नेपाली जनताको तर्फबाट अध्यक्ष चौधरीले धन्यवाद ज्ञापन गरिन् । उनले केहि व्यक्तहरु राजनीतिक स्वार्थको लागी समय समयमा दुबै देश बिचको सम्बन्धमा खाडल पुर्याउने प्रयास गरेपनि त्यसमा सफल हुन नसकेको बताइन् । नेपाल–भारत सम्बन्ध जनस्तरमा कहिले पनि कमजोर नहुने बिश्वास ब्यक्त गर्दै कसैले चाहेर पनि कमजोर नहुने बताइन् । उनले भनिन, ’नेपाल– भारतको सम्बन्ध दुःख सुखको सम्बन्ध हो । यो राजनीतिक स्तर भन्दा कैयौं गुणा जनस्तरमा बलियो सम्बन्ध छ । ’ पर्सा जिल्लाको जनगरनाथपुर गाउँपालिकाका ४१ घरधुरी, जिराभवानी गाउँपालिकाका २४ घरधुरी, बीरगंज महानगरपालिकाका १६ र पर्सागढी नगरपालिकाका १६ बाढी पहिरो पीडित प्रत्येक परिवारलाई टेन्ट, सुकुल, ठूलो, सानो, मझौला किसिमको लगभग ३५ लाख भन्दाबढी मुल्य पर्ने सामग्री प्रदान गरिएको छ । भारत सरकारको सहयोगबाट प्राप्त राहत सामग्री समाजकी अध्यक्ष तथा संघीय सांसद चन्दा चौधरीको अध्यक्षता र भारत बाणिज्य दूतावासका महाबाणिज्य दुत नितेश कुमार, पोलिटिक कन्सुलर शैलेन्द्र कुमार, कंसुलर शशी भुषणको बिशेष उपस्थितमा बितरण गरिएको थियो ।

कार्यक्रमको सहजीकरण युवा अभियन्ता ओम प्रकाश सर्राफले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News