अपडेट 
२०७८ भाद्र १७, बिहीबार १५:५८

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ को पालनामा गम्भीर हुन आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमण जिल्लामा घटेसँगै स्वास्थ्य मापदण्ड पालना हुन छाडेसँगै प्रशासनले सर्वसाधारण, स्थानीय तह लगायत सरोकारवालालाई त्यस्तो आदेश दिएको हो । जिल्ला प्रशासनले कोरोनाको जोखिमलाई ध्यानमा राखेर वीरगञ्जस्थित इनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा रोक लगाइएको जनाएको छ । वीरगञ्ज इनर्वा सीमा नाकाबाट पनि विदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको छ ।

नेपाल प्रवेश गर्ने नेपाली नागरिकले समेत आवश्यक स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकको आइसेलेसन सेन्टर वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड लगायत अन्य निर्देशन पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समिति र सुरक्षा निकायबाट नियमित गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

Comment


Related News