२०७८ भाद्र १८, शुक्रबार ०७:४६

गौर । रौतहट जिल्लामा ८६ जना निर्वाचित जनप्रतिनिधिहरुले नयाँ दल रोजेका छन् । सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएपछि छुटै दल दर्ता गरेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दलमा रहने गरि स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालय रौतहटमा पुगेर विधिवत रुपमा सनाखत गरेका हुन् । गौर नगरपालिकामा पुर्व राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका नगर प्रमुख अजय कुमार गुप्ता सहितका ३६ जना मध्ये ३२ जनाले निर्वाचन आयोगको कार्यालयमा पुगेर जनता समाजवादी पार्टी नेपालबाट अल्गिएर नयाँ महन्थ ठाकुरले दर्ता गराएका लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका हुन् । निर्वाचन आयोगले भाद्र २२ गते सम्म भौतिक रुपमा सनाखत गर्नु पर्ने दिएको समय भित्रमा निर्वाचित जनप्रतिनिधिहरुले सनाखत गरेको छ । गौर नगरपालिकामा रहेका ३६ जना मध्ये ३२ जनाले भौतिक रुपमा उपस्थति भएर लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेको र बाँकी प्रतिनिधि पनि सनाखत गर्ने मेयर गुप्ताले बताए । लोकतान्त्रिक समाजवादी पार्टीमा ५२ जनाले सनाखत गरेको छ भने चन्द्रपुर नगरपालिकाको उपप्रमुख रामरती चौधरी सहित ३४ जनाले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा विधिवत रुपमा सनाखत गरेको जिल्ला निर्वाचन आयोग कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् ।

Comment

Related News

Latest News

Trending News