अपडेट 
२०७८ भाद्र १९, शनिबार ०७:०१

जनकपुरधाम । समान्यत नेपालका प्रायः सरकारी अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुदाँ विरामीलाई उपचार गराउन हम्मे परेको छ । समयमा उपचार नगराएर कति पय बिरामी मृत्युवरण गर्न बाध्य हुन्छ । तर जनकपुरमा एउटा यस्तो सरकारी अस्पताल छन् जहाँ बिरामीभन्दा कयौ गुणा बढी चिकित्सक र कर्मचारीहरुको दरबन्दी छ भन्दा अपत्यारो लाग्न सक्छन् । तर यो यथार्थ हो प्रदेश २ सरकारले जनकपुरधामको मुजेलियास्थित कोभिड विशेष अस्पतालको ।

३ असारमा मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रुपमा उद्घाटन गरेको कोभिड विशेष अस्पतालमा अहिले सम्म २५ जना मात्रै बिरामी उपचारको लागि आएका छन् । जबकी ती अस्पतालमा २२ जना मेडिकल अधिकृत, ३० जना स्टाफ नर्स, ८ जना हेल्थ असिस्टेन्ट, २ जना मेडिकल ल्याब, २ जना रेडियो ग्राफी, २ जना एडमिस्ट्रेट, १० जना कार्यालय सहयोगी तथा सुईपर लगायत ८५ जनाको दरबन्दी छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भईरहेको ती अस्पतालमा बिरामीको अभाव देखाएर त्यसमा काम गर्ने चिकित्सक, नर्स लगायतले हाजिरी गरेर अन्तै आफुले सञ्चालन गरेको क्लिनिक वा पराईभेट अस्पतालमा काम गर्ने गरेका छन् । कोभिड विशेष अस्पतालका प्रमुख डा.जामुन सिंहले भने,‘ अहिले कोभिडको अवस्था समान्य छ, बिरामीहरु आईरहेका छैन, विरामी नै नआएपछि चिकित्सक र कर्मचारी के गर्ने ?’ ‘कुनै बिरामी नआओस्, कसैको ज्यान नजाओस्, हामी सबै चिकित्सकहरु बसिबसि तलब खान पाओस् भन्ने भगवानसँग प्रार्थना गर्छु,’ प्रमुख डा.सिंहले भने । तर ती अस्पतालमा काम गर्ने कर्मचारी बसेर होईन न की अन्य अस्पतालमा काम गर्छन र तलब भने कोभिड अस्पतालबाट लिईरहेका छन् । यसरी कोभिड अस्पताल यतिवेला विभिन्न राजनीतिक पार्टीका कार्यकर्ता भर्ना केन्द्र बनेको उनले बताए ।

‘काम गर्नुपर्दैन्, हप्ता÷१० दिनमा आउँछन्, हाजिर गर्छन । तर तलब पाउछन्, उनले भने,‘ विरामी छैन भने प्रदेश सरकारका अन्य अस्पतालहरुमा तव सम्म सेवा दिदा हुन्थ्यो नि । तलब खाने तर काम नगर्ने ? ’ यता, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले भने,‘विरामी आएपछि न उपचार गर्ने हो । नआएपछि घरबाट खिचेर त ल्याउने कुरो होईन । कर्मचारीहरु सेवाको लागि बसेको हुन्छ, विरामी आएपछि उपचार गर्ने हो ।’ उनले भने,‘ दरबन्दी अनुसारको कर्मचारी भर्ना नगरेर आवश्यकता अनुसार कर्मचारीलाई दैनिक ज्यालादारीमा राख्ने गरेका छौ । उनीहरु काम गरेको खण्डमा तलब पाउने हो ।’ कोभिडको विरामी कम आएपछि आफुहरुले थप सेवा विस्तार गर्ने तयारी गरिरहेका उनले बताए ।

प्रादेशिक अस्पतालमा नरहेका सेवाहरु डाइलाईसिस, नवजात शिशुको उपचार, मुटु सम्बन्धी उपचार, स्पाईन अर्थोपेडिक,पोस्ट कोभिड अप्रेशन लगायतका सेवा विस्तार गर्ने तयारी भईरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News