अपडेट 
२०७८ भाद्र १९, शनिबार ०७:११

सरकारी भाषामा जे सुकै भनिए पनि मैले भन्दै आएको ‘ दल–बदल सम्बन्धी अध्यादेश ’ लागू भएयता एक पटक फेरी नेताहरुको नियतिमाथि अनगनित सवाल तेर्सिएगाा छन् । अनि जनताको अदालतमा गरमागरम वहस सुरु भएका छन् – नेताहरुको निती र नियतिमाथि । उनिहरु सम्बद्ध रहेका दलहरुको घोषित नीति, कार्यक्रम , घोषणापत्र तथा भोट माग्ने वेला उनिहरुले आफ्ना भगवान अर्थात् जनतासंग गरेका वाचा वन्धनहरुमाथि । खासमा जब जब देशमा राजनीतिक शंकट व्याप्त हुन्छ । सरकार बनाउने र खसाउने खेल सुरु हुन्छ , देशी विदेशी शक्तिको प्रभाव बढ्छ , तव तव नेताहरुको नियति झन उदांगो भएर आउ“छ । नियति धाराशायी हुन्छ । आम जनताको कानसम्म पुगउ रहेका हुन्छन् –कस्ले मन्त्रीको बार्गेनिङ गरे । को पैसाको बार्गेनिङ गरे अनि को पार्टीको उपल्लो पद हत्याउन कुन शक्ति केन्द्रसंग बार्गेनिङ गरे । उनिहरुलाई लाग्दा होलान– मेरा भगवान अज्ञानी हुन र त जति सुकै बार्गेनिङ गरे पनि , जति सुकै ठगे पनि भोट दिन छाडेका छैनन् । कठालो समातेर सवाल सोधेका छैनन । ‘ प्रधानमन्त्रीको कूर्चि छाड् दिन , बरु कूर्चि भांचोस ’ को रणनिती अनुसार सत्ता छाड्नै नचाहने केपी शर्मा ओलीलाई अपदस्त गर्न प्रचण्ड अघि सरे ।

प्रचण्डकै ग्रैण्ड डिजाईनमा माधव नेपाल र उनका प्रिय दोश्रो पुस्ताका कथित उर्जावान नेताहरु सुरमा सुर लगाए अनि ‘ सब छौडी झुमर खेले आ केदन कहे हमहु“ ’ को तर्जमा यसमा मिसिए सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषी साईत जुडाएका शेर बहादुर देउवा तथा संविधान संशोधन होईन , पुर्नलेखनको जयघोष गर्ने उपेन्द्र यादव पनि । यस अप्राकृतिक गठबन्धनको परिणाम हामीले देखेकै हौं – आज ओली प्रतिपक्षमा छन् अनि देउवा र प्रचण्ड सत्तामा । नेपाल, यादव तथा ओलीका पूर्व सहयात्री महन्थ ठाकुर समूह मन्त्री परिषदमा जान खुटा उठाएर बसेका छन् । शपथ ग्रहणका लागी नया“ लुगा सिलाएर तम्तयार छन् । आफ्नो पार्टीबाट मधेस नामसम्म झिक्ने तर आफूलाई मधेसवादी कहलाउन पछि नपर्ने जनता समाजवादी पार्टीको अवस्था भने उदेक लाग्दो छ । जसपाका महन्थ गुट ओलीको कित्तामा खडा भए । झण्डै आधा दर्जन मन्त्रीको पद पनि पडकाए । संस्थागत उपेन्द्र यादव समूह प्रचण्ड–माधवको पक्षमा लागे । कस्तो अचम्म ओली नेतृत्वको सरकार गठन हुंदा मन्त्रीमण्डलमा सहभागी नभई बाहिरबाट सहयोग गरेको महन्थ गुट यस पटक सरकारमै गए भने ओली नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री पद पडकाएका यादव समूह ओलीको चर्को विरोधमा उत्रे । भनिन्छ — राजनीतिमा कोही स्थायी मित्र र स्थायी शत्रु हुदैन । कुरा ठिकै पनि हो तर बुझ्न नसकिएको कुरा के हो मधेसवादी दलका नेताहरुले एउटै नेता वा पार्टीलाई केही दिनकै फरकमा समर्थन र विरोध गर्नु पछाडिको कारण के हो ?

मधेसको मांग सम्बोधन कि मन्त्रीको पद ? सजिलो प्राब्धानसहितको दल बदल कानूनको कारयाा अचेल एमाले र जसपा दुई चिरामा विभाजित भएका छन् । महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल तथा माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी । दल बदल कानूनले भदौं २२ गतेसम्म आफू बस्न चाहेको दल रोज्न समय दिएको छ । नेताजीहरु भटाभट नया“ दल रोज्दै छन् । निर्वाचित तथा समानुपातिक जनप्रतिनिधिहरुलाई आफ् नो पार्टीमा ल्याउन मोल तोल हुदैछ । पद र पैसाको आश्वासन बाडिदै छन् । श्रोतका अनुसार – प्रदेश २मा माधव नेपाल पक्षमा लागेका एक प्रदेश सासदले प्रमुख सचेतक बनाई दिने मांग गरे । माग पूरा नभएपछि उनि मूल पार्टीमै फर्किए । जसपाका जनप्रतिधिहरुलाई आफ्नो पक्षमा तान्न अचेल महन्थ ठाकुर र उपेन्द्र यादव प्रदेश २ को अस्थायी राजधानी जनकपुरमै छन् । भोज भतेर र आश्वासनको दौड वेजोडले चलेको छ । अलि पछाडि फर्कौ । नेपाल र प्रचण्डले उत्पात मचाएपछि ओलीजी जसपाका नेताहरुलाई सरकारमा सहभागी गर्ने निधो गर्नु भयो । पार्टीको आधिकारिक निर्णय विपरीत राजेन्द्रजीको जोडवलमा महन्थ समूह सरकारमा जाने निधो गर्यो । छिनोफानो गर्न काठमाण्डौ नजिककै एक आलिशान होटलमा एमालेका एक युवा नेताको आतिथ्यमा बैठक भयो । अचम्म यस बैठकमा जसपाका ३२मध्ये झण्डै २० सासद सहभागी थिए । सम्मानित सर्वोच्चको आदेशमा पासा पल्टियो । ओली सरकार बेदखल भए । शेर बहादुर देउवाको भाग्य उदय भयो । देउवाको भाग्य उदय हुनुको निहितार्थ थियो – उपेन्द्र यादवको पनि भाग्य चम्किनु । डेढ महिनाकै अवधिमा मधेसी नेताहरुले अर्को रेकर्ड बनाए । उपेन्द्र समूह सरकारमा सहभागी हुने पक्का हुने वित्तिकै यादव समूहमा सांसदको ओइरो लाग्यो ।

यादवसमूहमा झण्डै २० र महन्थ समूहमा १२ जना भए । नेताजीहरुको निती र नियतिमा यसरी राता रात किन परिवर्तन आउ“छ ? उनिहरुले बुझेका होलान्– आम मतदाता मूर्ख हुन । केही बुझ्दैनन । तर कुरा मतदाताले के बुझ्छन भन्दा पनि उनिहरुको नियति यतिविधि बिग्रेका किन छन भन्ने हो । सरकारमा जान लालायित हुने । मूल मुद्दा बिर्सिने अनि मधेस र मधेसीको दोहाई दिन नथाक्ने प्रवृतिका कारण शहिदहरुको रगतले जन्मेको पार्टीप्रति जनतामा निरासा उत्पन्न हुन सक्छ । नेताजीहरुको गल्तीको परिणाम अझै पनि मुलुकको मूल प्रवाहमा आउन नसकेका मधेसी, आदिवासी, जनजाति, महिला, मुसलिम आदिलाई भोग्नु पर्ने छ । कारण मूल प्रवाहका ठुला दलहरुले चाहेको पनि यही हो । मधेसको नेतृत्व बदनाम भएपछि उनिहरुलाई आफ्नो माल बेच्न सजिलो होला । नेताजीहरु हो । आफ्नो नियतिमा सुधार ल्याउनोस । राजनीति साधु बन्न गर्ने होईन । आवश्यकता अनुसार सरकारमा पनि जानु पर्दछ तर एउटै सरकार र नेतालाई घरि राम्रो र घरि नराम्रो भन्दै हिड्नु भयो भने आम जनता अन्यौलमा पर्छन । भोट माग्ने वेला, आन्दोलन गर्ने वेला जनताको घर दैलोमा पुग्न लाज लाग्दैन अनि सरकारमा जाने वा छाड्ने वेला जनतासंग राय सल्लाह गर्न के को लाज ?

Comment


Related News

Latest News

Trending News