अपडेट 
२०७८ भाद्र २०, आईतवार ०७:३०

जनकपुरधाम । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार जनकपुरधाम उप महानगरपालिका–२५ लोहनामा लागूऔषध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको छ ।

स्थानीय एकता समाज सेवा यूवा क्लवको सहकार्यमा आयोजित जनचेतना कार्यक्रममा लागुऔषधले समाजिक रुपमा पारेको प्रभावबारे जानकारी गराइएको थियो । प्रहरी चौकी बहुअर्वा डेवडिहा धनुषाले गरेको कार्यक्रममा स्थानिय नेता, समाजसेवी, युवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व हज कमिटी अध्यक्ष मो.सोएब रेजÞाले लागूऔषध सेवनले गर्दा यूवाको भविष्य अन्धकारमा परेको जिकिर गरे । लागूऔषध रोकथामका लागि यूवाहरुलाई आपैm अगाडी आउनुपर्ने धारणा उनले व्यक्त गरे । यस्तै पूर्व हज कमिटी सदस्य मो. कैश रेजाले समाजमा शिक्षा र अनुशासनको अभावले गर्दा युवाहरू लागूऔषधको कुलतमा लागेको बताए । यसको रोकथामका लागी समाजका सबै वर्गलाई एकजुट हुनु पर्ने धारणा उनको थिया । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता शेष हसनले लागूऔषध सेवन गरेका यूवालाई सकारात्मक बाटोतर्पm Þ फर्काउनका लागी स्थानिय क्लव र प्रहरीको समन्वय र सहकार्यमा गाउँ सुधार समिति बनाउनु पर्नेमा जोड दिए । उनले समिति मार्फÞत लागूऔषध सेवन लगायतका समाजमा फैलिएको विकृति हटाउन सकिने तर्क उनको थियो । प्रहरी चौकी डेवडिहा बहुअर्वाका प्रहरी हवलदार उमेश कुमार महराले समाजको सहयोग विना प्रहरी अधुरो रहेको बताए ।

उनले समाजको सहयोग विना प्रहरी चाहे जति परिवर्तन ल्याउन नसक्ने तर्क गरे । यसको लागी समाज र प्रहरी विच सहयोगात्मक सम्बन्ध हुनु जरुरी रहेको उनले बताए । एकता समाज सेवा यूवा क्लवका अध्यक्ष मो.अरसदले समाजमा सकारात्मक परिवर्तनका लागी यूवालाई जिम्मेवारी दिए यूवाले देशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने दावी गरे ।

Comment


Related News

Latest News

Trending News