अपडेट 
२०७८ भाद्र २१, सोमबार २१:२०

राजर्षि जनक विश्वविद्यालयका पेपर कन्ट्रक्ट शिक्षकहरुले आन्दोलन गर्दै आएको र सोहि सम्वन्धमा विभिन्न मिडियामा आएको समाचार प्रति राजष्जििनक विश्वविद्यालयले आपती जनाएको छ ।

राजर्षिजनक विश्वविद्यालयकाका रजिष्टार महेन्द्र प्रसाद यादव,सभापति उदयकान्त झा र कार्यवाहक क्याम्पस प्रमुख विनोद कुमार कर्ण छुटा छुटै विज्ञप्ती जारी गर्दै पेपर कन्ट्रक्टका शिक्षकहरुलाई ऐन नियम वमोजीम नै करारमा नियुक्ती नदिएको उल्लेख गरेको छ । रजिष्टार यादवले जारी गरेको विज्ञप्तीमा पेपर करारको नियुक्ती पत्रको उल्लेखित नियमको परिधीको वुंदा नं २ बमोजीम एक सेमेस्टर ६ महिनाकालागि नियुक्त भइ कक्षा लिएका विभिन्न पेपर करार शिक्षकबाट विगत केहि दिन देखि संगठन खोलेर नियमावली विपरित अवैधानीक क्रियाकलाप भइरहेकोले ऐन नियम वमोजीम काम गर्न र विश्वविद्यालयको गरिमामा ठेस पुरयाउन काम नगर्न भनिएको छ । यता सभापति झाले निकालेको विज्ञप्तीमा वर्तमान समयमा राजर्षि जनक विश्वविद्यालयको प्रध्यापक संघल कुनै किसीमको आन्दोलन धर्ना ,संघर्षमा संलग्न नभएकोले सम्वन्धित व्यक्तिसंग छलफल गरि मात्र समाचार प्रसारण गर्न चेताइएको छ ।

त्यसैगरि विश्वविद्यालयका कार्यवाहक प्रमुखले जारी गरेको विज्ञप्तीमा विश्वविद्यालयले नियमावली अनुसार नै काम गरेका ले विश्वविद्यालयको गतिविधी वारे सत्य तथ्यमा आधारित समाचारहरु सम्प्रेषण गरिदिन अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News