२०७८ भाद्र २४, बिहीबार ०७:१२

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ८ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालय ठिल्ला यदुवाले एकैपटक दुई आर्थिक वर्षको सामाजिक परीक्षण कार्यक्रम गरेको छ ।

मंगलवार विद्यालयले आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को आय–व्यय एक समारोहबीच सार्वजनिक गरेको हो । विद्यालयका प्रधानध्यापक दिनेश रायले दुई आर्थिक वर्षको सबै गतिविधिहरु सार्वजनिक गरेका छन् । उनले यस विद्यालयलाई निम्न माध्यमिक विद्यालयको रुपमा स्तरोन्नती छिट्टै हुने र सोका लागि पहल सुरु गरिसकेको बताए । प्रमुख अतिथि रहेका वडाध्यक्ष दुर्गा प्रसाद रायले विद्यालयको कुनै पनि विकास निर्माणका लागि पछाडी नहट्ने प्रतिवद्धता जनाए । उनले विद्यालयमा थप भौतिक संरचना निर्माण यसवर्षको बजेटमा योजना राखेको समेत जानकारी गराए । उनले भने, ‘विद्यालयको विकास आफू मात्र चाहेर हुँदैन । सम्पूर्ण स्थानीय अभिभावकको समेत उतिकै जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’ कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार रायको अध्यक्षतामा सम्पन्न भएको हो । विशिष्ट अतिथि सबैला नगरपालिका नगर शिक्षा सँयोजक रामदुलार यादव रहेका थिए । कार्यक्रममा वडा सदस्य कपिलदेव कापर, दलित महिला वडा सदस्य इन्दु देवी महरा, शिक्षाप्रेमी लाल प्रसाद महतो, आसमान नेपालको प्रतिनिधि शिव नारायण महतो, सरस्वती माविका प्रधानाध्यापक नथुनी साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News