२०७८ भाद्र २५, शुक्रबार ०९:२४

गौर । प्रदेश २ सरकारले गठन गरेको प्रदेश जनलोकपाल आयोगको प्रमुखमा नियुक्त भएका अधिवक्ता राम सहाय राय यादवलाई बिहीबार एक कार्यक्रम विच रौतहट जिल्ला अदालत बार एशोसिएशनले सम्मान गरेको छ ।

प्रदेश सरकारले प्रदेश भित्र हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नको लागि गठन गरेको प्रदेश जनलोकपाल आयोगको प्रमुखमा नियुक्त भएपछि पहिलो पटक रौतहट आएका बार एशोसिएशनका पुर्व अध्यक्ष समेत रहेका प्रमुख यादवलाई रौतहटका कानुन व्यवसायीहरुले सम्मान गरेका हुन् । नियमित रुपमा कानुनी पेशामा आवद्ध रहेका यादवलाई प्रदेश सरकारले प्रदेश जनलोकपाल आयोगको प्रमुखमा नियुक्त गरेर पेशागत रुपमा कार्य गर्दै आएका कानुन व्यवसायीलाई सम्मान गरेको भन्दै जिल्लाका कानुन व्यवसायीहरुले प्रदेश सरकारलाई धन्यबाद ज्ञापन समेत गरेका छन् । रौतहट जिल्ला अदालत बार एशोसिएशनको अध्यक्ष भएर कार्य गरेका प्रमुख यादवको कार्यकाल सफलताको लागि रौतहट जिल्ला अदालतका कानुन व्यवसायीहरुले शुभकामना समेत व्यक्त गरेका हुन् । प्रदेशसरकारले जुन आशा अपेक्षाका साथ जिम्मेवारी सुम्पिएको छ, त्यसको लागि इमान्दारिता पुर्वक कर्तव्य निर्वाह गर्ने प्रमुख यादवले प्रतिवद्धता व्यक्त गरे ।

प्रदेशमा भ्रष्टाचार न्यूनीकरण गर्न भूमिका निर्वाह गर्ने समेत उनले उल्लेख गरे । उनले भने सरकारले दिएको जिम्मेवारी इमान्दारिता पुर्वक निर्वाह गर्ने छु । बारका अध्यक्ष राजाराम यादवको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा जिल्लाका कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News