अपडेट 
२०७८ भाद्र २६, शनिबार ०७:३०

जनकपुरधाम । प्रदेश २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/०७८ प्रकासित गरेको छ ।

प्रत्येक आर्थिक वर्षको ८ महिनाको अविधमा आर्थिक सर्वेक्षण प्रकासित गर्ने प्रावधान रहेपनि प्रदेश सरकार गठन भएयता पहिलो पटक अर्थ मन्त्रालयले उक्त पुस्तक प्रकासित गरेको छ । प्रदेश सरकारको आर्थिक उन्नतीका लागि गरिवी निवारण, रोजगारी सृर्जना, वित्तीय क्षेत्रको सुधार लागयतका आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरि आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सो सँग सम्बन्धित विवरणहरु संलग्न गरि आर्थिक सर्वेक्षण पुस्तक प्रकासित गरिएको अर्थ मन्त्रालयका सचिव काशिराज दाहालले बताए । पुस्तकमा वित्त, वित्तीय क्षेत्र, गरिवी निवारण, रोजगारी, सुशासन, समान्य प्रशासन, कृषि, वन तथा भुमि सुधार, उद्योग पर्यटन तथा भौतिक पुर्वाधारका परिसुचकहरु समावेश गरिएको छ । कोभिड–१९ का कारण प्रदेश २ का मात्र नभई देशकै उद्योग पर्यटन लगायतका क्षेत्रमा नकरात्मक असर देखिएपनि कृषि र सेवाको क्षेत्रमा सुधार आएको उक्त पुस्तकमा उल्लेख गरिएको छ । प्रदेश २ मा आर्थिक वर्ष २०७७÷७८ मा कुल गार्हस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेत्रको योगदान क्रममा ३९, ५० दशमलव २ र १० प्रतिशत रहेको अनुमान गरिएको थियो ।

विश्वव्यापी कोरोना महामारीका वावजुद प्रदेश २ को आर्थिक वर्ष २०७७/०७८ मा आर्थिक वृद्धि दर ३ दशमलव ५ प्रतिशत रहेको थियो । राष्ट्रिय तहमा १३ दशमलव ३ प्रतिशत हिस्सा ओगटेको प्रदेश २ ले कोरोना महामारीका वेलामा पनि राष्ट्रयको कुल ग्राहस्थ उत्पादनमा १३ दशमलव २ प्रतिशत योगदान पुर्याउन सफल देखिएको छ ।

Comment


Related News

Latest News

Trending News