२०७८ भाद्र २६, शनिबार १५:११

नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टीबीच जनकपुरमा आज एकिकरण भएको छ ।

सद्भावनाका राष्ट्रिय अध्यक्ष रामकुमार महतो र राष्ट्रवादीका राष्ट्रिय अध्यक्ष सहजाद मियाँले एक समारोहबीच पार्टी एकताको घोषणा गरेका हुन् । पार्टी एकता भएपनि नाम नेपाल सद्भावना पार्टी नै रहनेछ ।सद्भावना पार्टीले प्रयोग गर्दै आएको झण्डा, छाप र चुनाव चिन्ह नै राख्ने सहमती बनेको दुबै अध्यक्षले जारी गरेको विज्ञप्तीमा भनिएको छ । एकजुट नभएसम्म अधिकार प्राप्त नहुने अवस्था सृजना भएकाले पार्टी एकता गरेको दुबै अध्यक्षको भनाई छ ।

सबै उत्पीडित जनताको पहिचान र अधिकारसहितको संघीयता, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायको पहिचान र अधिकारसहितको संघीयता, समृद्धि र सुशासन समतामूलक समाजवादी स्थापित गर्न पार्टी एकता गरेको जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘मधेस मुक्ति आन्दोलनको आँधीबेरी सृजना गर्न अपरिहार्य भएकाले नेपालको राजनीतिमा अग्रगामी परिवर्तनकारी शक्तिको रुपमा रहेका दुई पार्टीबीच एकिकरण गर्न सहमति गरेका छौं ।’

Comment


Related News

Latest News

Trending News