वीरगञ्ज । महिलाहरुलाई आत्मनिर्भर बनाई आर्थिक रुपमा सक्षम बनाउँने उदेश्यले हिन्दु स्वंयसेवक संघ, सेवा ईन्टरनेशनल नेपालले बाराको विश्रामपुर र फेटा गाउँपालिकामा तीन महिने निशुल्क सिलाई कटाई तालिम शुरु गरेको छ ।
विश्रामपुर गाउँपालिका वडा नम्बर १ कल्याणपुर र फेटा गाउँपालिका ४ बातरामा छुट्टाछुट्टै शुरु गरिएको तीन महिने सिलाई तथा कटाई प्रशिक्षण कार्यक्रमको उदघाट्न संघका विभाग संघचालक अशोक बैद्य र उद्योगपति एवं समाजसेवी निखिल चाचानले गरेका थिए । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विभाग संघचालक अशोक बैद्यले आफूलाई सबल बनाउन सिप सिक्न आवश्यकता रहेको औल्याए । हिन्दु समाजका महिलाहरु अहिले पनि पिछडिएका छन् । उनले भने,‘ सिप नभएका कारण दैनिकी जीवन घर गृहस्तीमै बिताउनु परेको छ, जसले गर्दा घरजीवन पनि धाउँन कठिनाई भएकोछ । ’ आर्थिक अवस्थामा हिन्दु महिला कमजोर भएपनि काम गरेर आफूलाई सबल व्यक्तिको रुपमा उभ्याउँने मनमा ईच्छा र दृढशक्ती हुदाँ हुदैपनि अवसर नपाएका कारण पछि परेका छन्, उनले भन्ने–‘यस्ता हिन्दु महिला तथा युवतीहरुको उत्थानको लागि हिन्दु स्वयंसेवक सदैव साथ र सहयोग रहने छ । ’ कार्यक्रममा उद्योगपति एवं समाजसेवी निखिल चाचानले आफूलाई आर्थिक रुपमा सबल बनाई समाज परिर्वतनमा योगदान पु¥याउँन सहभागि प्रशिक्षण कार्यक्रमका महिलाहरुलाई आग्रह गरे । उनले शिक्षाले मात्र अगाडी बढ्न सकिदैन यसको साथै व्यवहारीक रुपमा सिपको पनि आवश्यक रहेको बताए ।
जबसम्म महिला अगाडी बढ्दैन तबसम्म समाज पनि अगाडी बढ्न सक्दैन, उद्योगि चाचानले भने, ‘सिप सिकेपछि आत्मनिर्भर बनाउँन सक्षम बनाउँन, सक्षम बनिसकेपछि अगामी पिढिको लागि फलदायी हुने छ । ’ हिन्दु स्वयंसेवकले आयोजना गरेको प्रशिक्षण कार्यक्रम तीन महिनाको लागि सीमित छैन, अगामी दिनमा पनि यसले समाज परिवर्तनमा उल्लेखनिय सहयोग गर्ने उनले बताए । प्रशिक्षण कार्यक्रममा बातराका सिलाई प्रशिक्षक अन्तिमा कुमारी बैठाले हिन्दु महिला तथा युवतीहरु आर्थिक अभावले गर्दा अगाडी बढ्न नसकेको बताईन् । उनले हिन्दु स्वयंसेवक संघको सहयोगमा सुरु गरिएको तीन महिने सिलाई तथा कटाई प्रशिक्षणले सिप हासिल गरीसकेपछि आफूलाई आत्मनिर्भर बनाउँन ठूलो योगदान पुग्ने विश्वास लिएको बताईन । करिब ६० जना प्रशिक्षार्थीहरुको लागि हिन्दु स्वयंसेवक संघले ४ जना प्रशिक्षक सहित ४ वटा सिलाई मेसिन, त्यसका आवश्यक उपकरण उपलब्ध गराएको छ । नियमित रुपमा प्रशिक्षण जारी भएपछि थप सिलाई मेसिन र त्यसको उपकरण उपलब्ध गराउँने संघले जनाएको छ । तीन महिने प्रशिक्षणमा उत्कृष्ठ हुने परिक्षार्थीलाई निशुल्क रुपमा सिलाई मेसिन समेत उपलब्ध गराउँने घोषणा हिन्दु स्वयंसेवक संघले गरेको छ ।
उद्घाटन कार्यक्रममा हिन्दु स्वंयसेवक संघका स्वयंसेवक तथा फेटाँ गाउँपालिका र विश्रामपुर गाउँपालिका स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


