जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधामको शिक्षामा धेरैनै परिर्वतन आएको वताएका छन ।
जनकपुरधाम वार्ड नं २० देवपुरा टोल स्थित जनता माविमा नवनिर्मित पुस्तकालय भवन उदघाटन तथा साईकल वितरण कार्यक्रममा मंगलवार सम्वोधन गर्दै मेयर साहले जनकपुरधाम उपमहानगरपालिकाले सबैभन्दा बढि शिक्षा र स्वास्थयमा लगानी गरेको वताउदै यसले सामुदायीक विद्यालयको स्थिती परिवर्तीत भएको वताए । उनले भने,विद्यालयमा सबै सुधिवाहरु क्रमशः उपलव्ध हुदै जादा सामुदायीक विद्यालयमा अहिले विद्यार्थीको संख्यामा तेब्बर वृद्धि भएको छ र यो जनकपुरधामको शिक्षाको लागि सुखद पक्ष रहेको वताए । मेयर साहले जनकपुरधाम उपमहानगरपालिका अन्तरगत रहेको सबै विद्यालयमा भवन निमार्ण सहित कार्य भइरहेको र विद्यालयले शिक्षामा गुणस्तरियता थप गरे खेलकुद,पुस्तकालय लगायतका आवश्यक चाहिने हरेक वस्तुहरु विद्यालयमा कमी हुन नदिइने प्रतिवद्धता जनाए । मेयर साहले विद्यालयमा सुर्तिजन्य पदार्थ पुर्णरुपमा निषेध गर्न आग्रह गर्दै सुर्तिजन्य निषेधबाट आउने भविष्यले पनि जीवननै नाश गर्ने यस्ता वस्तु नदेख्ने र न प्रयोग गर्ने हुने भएकोले शिक्षकहरुलाई विद्यालय हाता भित्र यस्ता समाग्रीहरु प्रयोग नगरेर प्रयोग गर्नुनै परे विद्यालय भन्दा वाहिर गएर प्रयोग गर्नका लागि आग्रह गरेका थिए । उनले बाल दिवसका उपलक्ष्यमामा शुभकामना समेत दिएका थिए ।उनले समय भन्दा पहिले नै पुस्तकालय भवन निमार्ण गरेर बालबालिकाको भविष्य वनाउने काम गरेकोमा धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शााखाकि उपप्रमुख अंजु पाण्डे,विद्यालयका प्रधानअध्यापक,शिक्षक तथा अभिभावक,भवन निमार्ण समितिका अध्यक्षरामनाथ दास लगायतका उपसिथ्ती रहेको थियो भने उनिहरुलाई सम्मान समेत गरिएको थियो ।


