२०७८ भाद्र ३०, बुधबार ०७:१५
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा एक युवाको शव बरामद भएको छ ।
कपिलेश्वरनाथ मन्दिर नजिक चौतरमा मंगलबार विहान एक युवाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । नाम र वतन नखुलेका मृतक अन्दाजी २० वर्षको रहेको छ । मृतकको सँगबाट गाँजा र दुई थान मोबाईल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रराम्भिक अनुसन्धानमा मृतकले लामो समयदेखि लागूऔषध र कुलतमा लागेको, गाँजा र रक्सी सेवन गर्दै आएको देखिएको प्रहरीले जनाएको छ ।


