२०७८ भाद्र ३०, बुधबार ०७:१७

गौर । रौतहटको गौर नगरपालिकाकी किशोरीहरुलाई युनिसेफको सहयोगमा स्वच्छता सामग्री सहितको शैक्षिक सामग्री वितरण गरिएको छ ।

गौर नपामा संचालित किशोरी शिक्षा कार्यक्रम अन्तर्गत किशोरीहरुलाई सो सामग्री वितरण गरिएको हो । कोरोनाको दोस्रो लहरको संक्रमण तथा शिक्षाको पहुँचबाट बन्चित किशोरीहरुलाई शिक्षित बनाउने उदेश्यले सो सामग्री वितरण गरिएको छ । नगरपालिकाले गाउँघरमा संचालन गरेको किशोरी शिक्षा कार्यक्रम सहभागी भएका बालिकाहरुलाई अध्ययन गर्नका लागि सहयोग पुग्ने उदेश्यले युनिसेफले उपलव्ध गरेको शैक्षिक सामग्री गौर नगरपालिकाले वितरण गरेको हो । अध्ययन गराउनको लागी प्रत्येक वडाहरुमा किशोरी शिक्षा कार्यक्रम संचालन गराउने कार्य शुरु गरेका छन । शिक्षित युवतीलाई राखेर ९ वर्ष देखि १४ वर्षसम्मको किशोरीहरुलाई अध्ययन गराउने कार्यले बन्दाबन्दीको अवस्थामा पढाइमा कुनै असर नपरेको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताए । किशोरीहरुलाई किशोरी शिक्षा कार्यक्रम संचालन गराएर अध्ययन अध्यापनको कार्य गराएको र त्यसको लागी शैक्षिक समाग्री सहयोगी संस्थाले उपलब्ध गराएको उनले बताए । किशोरी शिक्षा कार्यक्रमले बालिकाहरुमा शिक्षाको प्रति उत्साह र सचेतना जागेको बताउँदै मेयर गुप्ताले गाउघरमा शिक्षा दिएर विभिन्न विद्यालयहरुमा नामांकन गराउने बताए । विद्यालय जान नसकेका उमेर समुहका किशोरीहरुलाइ गाउँमै शिक्षा दिने प्रयास नगरपालिकाले गरेको यो जिल्लाको उदाहरणीय छ ।

किशोरी शिक्षाको माध्यमबाट प्रारम्भिक सिकाइ प्रदान गर्ने मुख्य उदेश्य रहेको उनले बताए । शिक्षाबाट बंचित भएका छात्राहरुलाई किशोरी शिक्षमको माध्यमबाट शिक्षित बनाएर आत्म निर्भर बनाउने लक्ष्य लिएर नगरपालिका अघि बढिरहेको जनाए । किशोरी शिक्षामा अध्ययन गरि रहेका २१९ जना किशोरीहरुलाई १४ प्रकारका शैक्षिक समाग्री वितरण गरिएको नगरपालिकाका शिक्षा संयोजक गणेश गिरीले बताए ।

Comment


Related News

Latest News

Trending News