अपडेट 
२०७८ भाद्र ३१, बिहीबार ०७:१९

जनकपुरधाम । अघिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय २२ जनाको पीसीआर/एन्टिजेन परीक्षण गर्दा १९ जना महिलासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा ३८ जनाको पीसीआर परीक्षण गरिएको छ । सो मध्ये १८ जनामा कोरोना पोजिटिभ फेला परेको र एक जना फलोअप विरामी रहेको स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । स्व.गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा १६ जनाको पीसीआर परीक्षण गरिएको छ । सो मध्ये एक जनामा कोरोना संक्रमण फेला परेको छ । त्यस्तै जलेश्वर जिल्ला अस्पतालस्थित प्रयोगशालामा ८ जनाको परीक्षण गरिएको मध्ये ३ जनामा कोरोना पोजिटिभ आएको निर्देशनालयले जनाएको हो । सिरहा अस्पतालस्थित पीसीआर ल्याबमा १० जनाको परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मलंगवा अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा सबै निगेटिभ नै रहेको छ । त्यस्तै कलैया अस्पतालमा २२ जनाको पीसीआर परीक्षण गरिएको छ । नारायणी अस्पताल वीरगंजमा २६ जनाको पीसीआर नमूना परीक्षण गर्दा एक जनामा कोरोना पोजिटिभ देखिएको हो । यता २४ घण्टा भित्र देशभरमा थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय २४ पीसीआर परीक्षणमा १ हजार ३ सय ३२ जना र ४ हजार ३ सय २० एन्टिजेन परीक्षणमा ४ सय २८ जना गरी १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Comment


Related News

Latest News

Trending News