२०७८ आश्विन १, शुक्रबार १५:४५

लोसपा प्रदेश २ ले संसदीय दलको विधान तयार पारेको छ ।

सांसदहरुबाट लोकतान्त्रिक विधिबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठेपछि विधान तयार पारिएको हो । सांसद परमेश्वर साहले संसदीय दलको विधान तयार भइसकेको बताए । उनका अनुसार विधानको अनुमोदन असोज ४ गतेपछि मात्र हुनेछ । तत्कालीन राजपाले संसदीय दलको विधान बनाएको थिएन । त्यतिबेला नेताको आदेशमा सांसद जितेन्द्र सोनललाई दलका नेता चयन गरिएको थियो । अहिले दलका नेताको आकांक्षी बढेपछि विधान बनाइएको हो । संसदीय दलका नेता बन्नका लागि सांसदहरु जीतेन्द्र सोनल, उपेन्द्र महतो र बाबुलाल साहले दौडधुप बढाएका छन् । उपेन्द्र महतो लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका भतिज हुन् । सोनल र बाबुलाल महन्थ पक्षका छन् । बाबुलाल दलका नेता बन्नकै लागि लबिङ गर्न काठमाडौंमा छन् ।

प्रदेश २ मा १६ सांसदले लोसपा रोजेका छन् । सभामुख सरोजकुमार यादवले आन्तरिक रुपमा लोसपा रोजेपनि सनाखत गरेका छैनन । उनी तत्कालीन राजपाबाट निर्वाचित सांसद हुन् ।

Comment


Related News

Latest News

Trending News