अपडेट 
२०७८ आश्विन २, शनिबार ०७:३४

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ‘एसीइ’ ट्रयाक्टरको शोरुम शुक्रबारदेखि शुभारम्भ भएको छ ।

नमस्ते जनकपुर अटो मोवाईल्सले संचालनमा ल्याएको शोरुमको एक समारोहका बीच भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले समुद्घाटन गरेका छन् । मेशिनरी पार्टपूर्जाको देवता विश्वकर्मा पूजाको अवसर पारेर नमस्ते जनकपुरका संचालक बजरंग यादवले ट्रयाक्टरको शोरुम संचालनमा ल्याएका हुन् । विश्वविख्यात एसीइ ट्रयाक्टरमा अतिआधुनिक पार्टपूर्जा जडान गरिएकोले किसानले एकपटक लगानी गरे लामो समयसम्म फाइदा लिन सक्ने संचालक यादवले दावी गरे । विश्वकर्मा पूजाको अवसरमा किसानहरुलाई विशेष अफर दिदै शुन्य प्रतिशत ब्याजमा ट्रयाक्टर धमाधम विक्रि भइरहेको संचालक यादवले बताए । शुक्रवारदेखि नै विक्री खुला गरिएको उक्त शोरुममा किसानहरुका लागि आकर्षक अफर दिएको छ । किसानहरुले खेतीपातीको प्रयोगका लागि ट्रयाक्टर खरिद गरे एक वर्ष सम्म व्याज नलाग्ने योजना ल्याएको बताए । खेतीपातीमा उत्कृष्ट रहेको प्रदेश २ का किसानलाई लक्षित गर्दै यस्तो योजना ल्याएको बताउदै उनले नगद खरिदमा एकमुष्ठ दुई लाख रुपैयाँ छुट दिइने जानकारी दिए ।

भारतकै उतकृष्ट कम्पनी मध्ये एक रहेको एसीई कम्पनीका अझै प्रोडक्टहरु निकट भविष्यमै ल्याउने संचालक यादवले वताए । थोरै दिनमा व्यापार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका नमस्ते जनकपुरका संचालक यादवले विभिन्न स्थानहरुमा व्यापार विस्तार गरिसकेका छन् । यादवले यसअघि सिएट टायरको प्रादेशिक डिलर र अल्टो लुवरिकेन्ट कम्पनी संचालनमा ल्याइसकेका छन् । जनकपुरधामको बागवानीको सामुने संचालनमा ल्याइएको शोरुममा एसीइ कम्पनीका अत्याधुनिक मोडेलका ट्रयाक्टरहरु ल्याएको छ ।

Comment


Related News

Latest News

Trending News