२०७८ आश्विन २, शनिबार ०७:४४

जनकपुरधाम । शहिद कामेश्वर कुशेश्वरको श्रद्धाञ्जली सभा शुक्रबार मनाइएको छ ।

श्रद्धाञ्जली सभामा जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद रामअशिष यादवले शहीदहरुको शहादतका कारण निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्रको स्थापना भएको बताए । धनुषा निर्वाचन क्षेत्र नं २ शहीदनगर नगरपालिकाको हडबाडा गाउँमा आयोजित शहिद कामेश्वर कुशेश्वर को श्रद्धाञ्जली सभामा प्रदेश सांसद यादवले यस्तो बताए । उनले २०२९ साल असोज १ गते पंचायती व्यवस्था बिरुद्धको विधार्थी आन्दोलनमा सुरक्षाकर्मीको गोली प्रहारबाट शहादत प्राप्त गरेका बिधार्थी शहिद कामेश्वर कुशेश्वरको बलिदानीलाई स्मरण गर्नुपर्ने बताए । पंचायती शिक्षा नीति खारेजी, राज वन्दीहरु रिहा, संघ संस्था नियन्त्रण ऐन खारेजी, स्वतन्त्र प्रेस माथि दमन बन्द, बिधार्थी आचार संहिताको खारेजी र बिधालयबाट अनिवार्य पंचायत बिषय हटाउने सहितका माग गर्दै भएको बिधार्थी आन्दोलनमा यदुकुहामा हडबाडा गाउँ निवासी बिधार्थी कामेश्वर मंडल र मुरिबा गाउँ निवासी कुशेश्वर यादवको सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएको थियो । प्रदेश सांसद यादव, जसपा धनुषा उपाध्यक्ष अम्भु प्रसाद साह, समाजवादी युवा संघका प्रदेश उपाध्यक्ष उमेश निराला, समाजवादी बिधार्थी संघका प्रदेश उपाध्यक्ष विकास यादव, शहीद परिवार महिला नेतृ सिता मंडल, तपेश्वर मंडल, राम सुन्दर कापड सहित स्थानीयबासीहरु हडबाडास्थित शहीद कामेश्वर कुशेश्वरको प्रतिमामा माल्यार्पण गरेका थिए ।

प्रदेश सांसद यादवले शहिदनगर यदुकुहामा रहेको शहिद कामेश्वर कुशेश्वरको समाधिस्थलमा माला अर्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए । सो अवसरमा शहीदनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष नागेन्द्र मंडल, नगर उपाध्यक्ष उपेन्द्र ठाकुर, युवा नेता राधा ठाकुर,राम कुमार साह,सियारामजी सहितका युवाहरु समाधि स्थलमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Comment


Related News