अपडेट 
२०७८ आश्विन ३, आईतवार ०७:२१

राजविराज । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले मुलुकको विकासको लागि छोरा जस्तै छोरीलाई पनि सशक्त र आत्म निर्भर बनाउनु पर्नेमा जोड दिएका छन् ।

गृह जिल्ला सप्तरीको कंचनरुप नगरपालिका र अग्नी साईर कृष्णा सवरण गाउँपालिकामा शनिवार छात्राहरुलाई साईकल र शारिरिक अपाङता भएकाहरुलाई ह्विलचेयर वितरण गरिदै उनले यस्तो कुरामा जोड दिएका हुन् । अहिले पनि छोरा छोरी विच विभेद गर्ने परम्परा कायमै छ, उनले भने–‘छोरा सरह छोरीलाई पनि अवसर दिए मात्र समग्र मुलुकको उत्थान सम्भव छ ।’ प्रदेश सरकारले शिक्षामा छोरीको पहुच बढाउनका लागि बेटी पढाउ, बेटी बचाउ अभियान अघि सारेको बताउदै उनले सबै अभिभावकहरुले छोरीलाई समान अवसर दिएर यो जिम्मेवारी पुरा गर्न आग्रह पनि गरे । प्रदेश सरकारले निकै जटिल प्रक्रियाहरुलाई पुरा गरेर यस्तो कार्यक्रम ल्याएको सुनाउँदै मन्त्री साहले भने, प्रदेश सरकारले दिएको यो फलामको एउटा साईकल मात्र होईन, यो प्रदेश सरकारको भावना हो । उनले यसको मर्म बुझि प्राप्त सहयोगको सदुपयोग गर्न पटक पटक आग्रह गरे ।

प्रदेश २ मा ५० प्रतिशत महिलालाई जागिर दिने प्रदेश सरकारको योजना पनि अघि बढी सकेको सुनाउदै उनले उपस्थित छात्राहरुहरुलाई हौसला प्रदान गर्दै भने, तपाईहरु अघि बढनुस्, हामी सहयोग गर्न तयार छौ ।’ शारि रिक रुपमा अशक्तहरुको जीवन सहज होस् भन्ने उद्देश्यले ह्विलचेयर वितरण गरिएको बताउँदै उनले अशक्तहरुका लागि समेत प्रदेश सरकारले विभिन्न योजना कार्यान्वयनमा ल्याई सकेको र भविष्यमा पनि साधन श्रोतले भ्यासम्म सहयोग गरिरहने प्रतिवद्धता जनाए । मन्त्री साहले एकै दिन कंचनरुप नगरपालिकास्थित आधारभूत विद्यालय, जनता माध्यकिम विद्यालय र अग्नीसाईर कृष्णा सवरण गाउँपालिकास्थित जनचेतना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत ६१ जना छात्रालाई साईकल वितरण गरेका छन् । त्यस्तै शारिरिक अपाङता भएका कंचनरुप नगरपालिकाका १३ र अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाका १२ गरि २५ जना अशक्तहरुलाई ह्विलचेयर पनि मन्त्री साहले वितरण गरेका छन् ।

कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, उप प्रमुख निरु पोखरेल, अग्नीसाईर कृष्ण सवरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी, शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, मन्त्री साहका स्वकीय सचिव राजकुमार यादव लगायतले पनि छात्राहरुलाई साईकल र शारिरीक रुपमा अशक्त भएकाहरुलाई ह्विलचेयर वितरण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News