अपडेट 
२०७८ आश्विन ३, आईतवार ०७:३४

प्रदेशिक अस्पताल जनकपुरका चिकित्सकहरुको समुहले पेट भित्रको अंग ‘रीभर्ट’ भएको जोखिमपुर्ण उपचार गर्न सफल भएका छन् ।

पेट भित्र सबै अंग उल्टो स्थानमा गएको पुरुषको पहिलो पटक जनकपुरका चिकित्सक जोखिमपुर्ण शल्यक्रियामा सफलता प्राप्त गरेको छ । अस्पतालका चिकित्सकहरुको समुहले ३ घण्टा सम्म ‘अप्रेशन’ गरेका थिए । जनकपुरमा पहिलो पटक चिकित्सकहरुको जोखिमपुर्ण प्रयास सफल भएको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले बताए । धनुषा लक्ष्मीनियाँ–५ बनिनियाका ५५ वर्षीय रामशेवक यादवको प्रादेशिक अस्पताल जनकपुरले निशुल्क उपचार गरेको यादवले बताए । पेट र छातीमा रहेको सबै अंग ‘रीभर्ट’ भएको थियो, डा. यादवले भने,‘सबै अंग आफनो स्थान छोडेर उल्टो स्थानमा थियो । यस्तो समस्या संसार भरीमा मुस्किलले ०.१ प्रतिशत व्यक्तिमा भेटिन्छ । यस्ता विरामिलाई बचाउन कठिन नै हुन्छ । तर, जनकपुरमै पहिलो पटक ज्यादै जोखिम लिएर पनि गम्भिर प्रकृतिको उपचार गर्न पाउँदा चिकित्सक समुह खुसी छन ।’ आर्थिक रुपले कमजोर यादव बाहिर गएर उपचार गराउन नसक्ने भएपछि जोखिमपुर्ण शल्यक्रिया गरिएको थियो, उनले भने ।

अस्पतालले रेफर गरिसकेको बिरामिको आर्थिक अवस्था मध्यनजर गर्दै शल्यक्रिया गरी उपचार सफल भएपछि घर पठाइएको छ । अंग ‘रीभर्ट’ भएको उपाचार काठमाण्डु, चितवन र धरानमा मात्रै सम्भव छ । अंग ‘रीभर्ट’ भएको अवस्थामा न्युनतम ५ लाख खर्च हुन्छ । प्रादेशिक अस्पतालले निशुल्क उपचार गरी ५५ वर्षीय मजदुरको ज्यान बचाउन सफल भएको छ ।

Comment


Related News

Latest News

Trending News