अपडेट 
२०७८ आश्विन ३, आईतवार १६:००

भारतमा पछिल्लाे २४ घण्टामा थप तीस हजारमा काेराेना संक्रमण  पुष्टि भएकाे छ । भारतीय सञ्चारमाध्यहहरूका अनुसार थप ३० हजार ७७३ जनामा नयाँ संक्रमण देखा परेकाे हाे ।

भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० हजारभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म मृत्य हुनेकाे कूल संख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको बताइएकाे छ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार १५८ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ। यो संख्या हाल भारतमा रहेको कूल कोरोना सङ्क्रमितको ०.९९ प्रतिशत मात्र हो ।

त्यसैगरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड २६ लाख ७१ हजार १६७ पुगेको बताइएकाे छ ।

Comment


Related News

Latest News

Trending News