२०७८ आश्विन ५, मंगलवार ०७:५२

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको सरकारले राष्ट्रहीतलाई कमजोर पार्ने कुनै पनि काम गर्न नहुने बताएका छन् ।

गठबन्धनले प्रतिगमनलाई असफल पारेर सरकार बनाएको र अब गठबन्धनमा आवद्ध पाँचै दलका नेताहरु प्रतिगमनकारी केपी प्रबृत्तिबाट स्वयंम मुक्त हुनुपर्ने बताए । उनले भने, ‘ अहिले पनि गठन्धन भत्काउने प्रयास भइरहेको छ । तर गठबन्धन भत्किन नदिन जनविरोधी काम गर्नु हुँदैन । लोकतन्त्र र संविधान विरोधी काम गर्नु हुँदैन ।’ उनले बामपन्थी जनतालाई केन्द्रीत गर्ने, सामाजिक आर्थिक रुपान्तरण गर्ने, समृद्ध देश बनाउने अहिलेको मुख्य कार्यभार रहेको बताए । सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउन, जनताको जीवन फेर्न र समानताको आधार तयार पार्ने दिशामा पार्टी अगाडी बढिसकेको बताए । नेता श्रेष्ठ सोमबार धनुषाको शहिनगर नगरपालिकामा पर्ने डुमरिया पुगेर शहिद सूर्यनाथ रान यादवको ३६ औं स्मृति दिवस मनाए । उनले शहिद यादवको स्मारकमा श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि आयोजित स्मृति सभालाई सम्बोधन गर्दै सुर्यनाथ जस्ता शहिदहरुले कोरेको बाटोमा अगाडी बढेकै कारण राजतन्त्र समाप्त पारेर लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएको बताए । नेता श्रेष्ठले शहिदले देखाएको बाटोमा अगाडी बढे मात्र प्राप्त उपलब्धीलाई रक्षा गर्न र बाँकी अधिकार प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे । सूर्यनाथ जस्ता शहिदहरुले बाटो नकोरेको भए १० वर्षे जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन सफल हुने थिएन्– उनको भनाई थियो ।

विवादित बनेको एमसीसी विषयमा नेता श्रेष्ठले परिमार्जन बिना पारित गर्न नहुने पनि बताए । केहि स्वार्थ नराखी अमेरिकाले एमसीसी संशोधन तथा परिमार्जन गरियो भने मात्र पारित हुन्छ भन्ने कुरामा गठबन्धन स्पष्ट रहेको बताए । शहीद सूर्यनाथको स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न माओवादी नेताहरु विश्वनाथ साह, महेन्द्र पासवान, प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण, जनता समाजवादी पार्टी जसपा नेता रामरिझन यादव समेत पुगेका थिए । शहीदनगरका कम्युनिष्ट नेता सूर्यनाथको हत्या राज्यपक्षद्वारा २०४२ आश्विन ४ गते उदयपुरको बेलटारमा भएको थियो । डुमरियामा रहेको उनको शालिकमा हरेक वर्ष माओवादी नेताहरु पु

Comment


Related News