अपडेट 
२०७८ आश्विन ६, बुधबार ०७:३३

मनुष्यमा विपरीत लिंग प्रति हुने आकर्षण आदिम कालदेखि नै रहदै आएको बुझिन्छ । पुरुष, महिला तिर र महिला पुरुष तिर आकर्षित हुनु अस्वाभाविक मानिदैन र सभ्यताको प्रथम चरण देखि नै नारी द्धारा पुरुषको नजरमा बसेको लुब्धक तत्वलाई चिनेर आफूलाइ सजाउन र अझ आकर्षक बनाउन प्रारंभ गरेको हुन सक्छ । यो प्रचलन सिंधु घाटी सभ्यता देखि नै जारी रहेको पाइन्छ । हामि कहा“ यो प्रचलन नीकै प्राचीन रहेको पाइन्छ ।

प्राचीन कालमा नारीलाई सजाउन यस कार्यमा निपुण दास–दासीहरुलाई नियुक्त गरिन्थ्यो र महाभारत कालमा यसलाई सैरन्ध्री भनिन्थ्यो हुन त बैदिक कालमा र त्यस पछि पनि नारी र पुरुषलाई समेत आफूलाई सुन्दर देखिन सजाउन चलन अनुसार सुन– चा“दी आदिको गरगहना लगाउने गरेको उल्लेख पाइन्छ । वैदिक कालमा पनि देवीहरुलाई सुनौलो पहिरनको साथै गर गहना लगाउने चलन रहेको उल्लेख पाइन्छ । पौराणिक कालमा सुर्य, इन्द्र जस्ता देवताहरु नारी तिर आकर्षित भएको पौराणिक अख्यानहरुमा उल्लेख पाइन्छ । पौराणिक कालमा यस्ता कैयौं घटनाहरु भएको पाइन्छ । कुन्ती अविवाहित आमा बनेकी थिइन र जीवन भरी लोक लाजमा व्यतीय गरीन । तर त्यसै वंश की सत्यवतीलाई त्यती लोक लाज छोयेन र अविवाहित अवस्थामै पराशर बाट वेद व्यासको जन्म दिएकी थिइन । आज पनि कतिपय पश्चिमी देशहरुमा विहे न गरीकन आमा बनी रहेकी छिन र आङ्खनो संतानलाई भरण पोषण गरी रहेकी छिन । आर्थिक रुपले यिनीहरु आत्मनिर्भर भएकोले पुरुष प्रतिको निर्भरता हु“दैन र सन्तानको सम्पूर्ण जिम्मेवारी आफै सम्हाली रहेकी हुन्छन । कुन्तीको कथा त्यसै युगमा समाप्त हु“दैन, प्रत्येक युगमा कुन्तीहरु हुने गरेको पाइन्छ र उनीहरुको अपमानको कथा समान नै हुन्छ । किनकी कोख उर्वरा हुन्छ अथवा वा“झ । त्यो व्यहता अथवा अविवाहित होइन । विद्धान विचारक वट्र्रन्ड रसेलाको विचारमा देह सम्बन्धको लागि नैतिकता र आत्म संचम आवश्यक हुन्छ ।

भोजनको लागि कानून, शिष्टाचार र स्वास्थ्यको प्रतिबन्ध हुन्छ । यस्तै नियंत्रण देह सम्बन्ध (सेक्स) को वारेमा पनि आवश्यक छ । पारम्परिक नैतिकता मान्ने मानिसहरुको विचारमा सेक्स मनोवेगहरुमा नियंत्रण गरिएन भने मानिस अराजक भै हाल्छ । तर नया“ नैतिकता चाहन्छ कि नारी र पुरुषमा एक अर्काप्रति गहिरो प्रेम सम्बन्ध हुनु पर्छ । तर यस्तो कुनै हालतमा हुनुहुदैन कि विपरीत लिंगकाहरुमा मित्रता असंभव होस । डर, प्रतिबन्ध एवं एक अर्का प्रति स्वतंत्रतामा हस्तक्षेप भयो भने राम्रो जिन्दगीको आशा व्यर्थ हुनेछ । यो विचार वटे«न्ड रसेलको मैरेज ् एण्ड मैटेर्निटीमा व्यक्त गरिएको छ । उत्तर वैदिक कालमा श्वेत केतु द्धारा विवाहको नियम बनाइनु भन्दा पूर्व अन्य पुरुषहरुबाट प्राप्त संतान पनि आङ्खना संतान मान्ने गरिन्थ्यो । स्वभावतः तलाकको कुनै प्रावधान थिएन । आजपनि अनेक जनजाति कवीलाहरुको समाज स्त्री प्रधान समाज छ जहा“ नारीलाई पुरुष भन्दा माथी मानिएको छ । महिलाहरु विहे विना नै संतान जन्माउन सकछिन । त्यहा“ यस्तो कुनै समस्या हुदैन र संतानलाई आमाको नामले जानिन्छ । आज काल गर्ल फ्रेन्ड, व्याय फ्रेन्डको अवधारणा आइसकेको छ र यो नै विपरीत लिंग तिर आकर्षित हुने प्रक्रियाको प्रारंभ हुन्छ यसले क्रमश नजदीको बढ≥दै जादा देह संबन्ध सम्म पुग्छ । यस क्रियामा पश्चिमी सभ्यताको प्रभाव छ जहा“ स्वतंत्र देह सम्बन्ध सामान्य कुरा हुन लागेको छ । यसको अतिरिक्त हाम्रो समाज युवा–युवतीहरुमा “फ्री र फ्रैंक” लाई जिम्मेवार मान्न सकिन्छ ।

साथै देह सम्बन्ध प्रतिको प्राचीन रचनाहरु जस्तो काठमाण्डौंको वसंतपुर दरवार तथा अन्य स्थामान स्थापित मैथुरत मूर्तिहरु, खजुराहो (मध्य प्रदेश भारत) यस्ता मैथुन रत मूर्तिहरुलाई लिन सकिन्छ । यति मात्र होइन केही युवा– युवतीहरुको विचारमा मनोवैज्ञानिक दवाव खपनु भंदा त्यस्तो समाजको निर्माण गरी जहा“ देह सम्बन्ध विना लगामको होस र प्रेमको अभिव्यक्ति विना कुनै अवरोधको होस । यो पेशा पश्चिममा ठूलो व्यवसाय बनी सकेको देखिन्छ । यो त्यसको प्रभाव हो । हिन्दु संस्कृतिमा पनि हाम्रा प्रमुख देवहरुको साथमा उनकी पत्नी रहेको देखिन्छ । जस्तो महादेवको साथमा पार्वती, रामको साथ सीता, कृष्णको साथ राधालाई प्रस्तुत गरिएको हुन्छ । देह सम्बन्धको आनंदलाई व्रम्हानंद सहोदर पनि भनिएको छ । यसै कारणले होला संस्कृत कवि जयदेव र मैथिलीका महाकवि विध्यापति राधाकृष्णको प्रेम प्रसंगलाई आङ्खनो साहित्यमा उच्च प्राथमिकतामा राखेकोले विश्वमा प्रसिद्ध भएका छन् । प्रकृति त विहे जस्तो कुनै सम्बन्धलाई स्वीकार गर्दैन । प्रकृति त नर र नारीको चिरंतन आकर्षण, प्रणय र मिलन र त्यसको सहज परिणाम सृजनलाई मान्यता दिन्छ । तर नर – नारी बिच हुने यसै प्रक्रियाको परम सुखको क्षणबाट नारीलाई दुख, आतंक र भयको प्रारंभ हुन्छ जस्तो कि कुन्तीलाई भएको थियो र भनौ भने त्यो भन्दा पनि अधिक पीड≥ा दायी ।

यस्तो सम्बन्धको प्रारंभ बड≥ो रंगीन र सपर्ने सपनाले भरिएको हुन्छ तर जीवन त्यहीबाट पूर्ण हुदैन । नेपालमा लगभग बाह« वर्षको उमेर देखि शुरु हुन्छ यौन वारे उत्सुकता र मध्य किशोरावस्थामा आएर यौन चाहना तीव्र हुन्छ । एक रिपोर्ट अनुसार काठमाण्डौं उपत्यकाका २९ प्रतिशत वासिन्दा विवाह अघि नै यौन संपर्क गर्छन । तर यौ शिक्षाको पूर्णत अभाव रहेको अवस्थामा मध्य किशोरावस्था देखि नै यौन चाहनाले गर्दा केटीहरु केटा तर्फ र केटा केटी तर्फ आकर्षित हुने गरेको पाइन्छ । यस्तो अवस्थामा केटा द्धारा केटी लाई ललाइ फकाइ, विवाह गर्ने प्रलोभमा फ“साइ यौन संपर्क गर्न गरेको देखिन्छ । तर पछि अनेक दवावका कारण विहे गर्न अस्विकार गर्दा गर्भ रहि सकेको हुन्छ । यस्तो अवस्थामा केटी विच्चलीमा पर्छे र गर्भ पतन गराउने अथवा वच्चा जन्मे पछि फाल्ने देखि अरु विकल्प रहदैन । अहिले नेपालमा गर्भपतन कानूनी मान्यता पाइ सकेको अवस्थामा अविवाहित आमाहरु पनि गर्भपतन गराउछिन तर कतिपय अवस्थामा गैर कानूनी गर्भपतन गराउदा आमाको जान जाने, सदाको लागि बा“झोपन हुने आदि समस्याको शिकार हुने गर्दछन र जन्म दिएर बच्चा फाल्नेले जीवन भरी पीड≥ा भोग्नु परी रहने अवस्था पनि आउछ । उता निर्दोष संतानहरु जनकपुरको कवीर बालगृह जस्तामा आङ्खनो आमा–बाबु विहिन अवस्थामा पलित–पोषित हुन बाध्य हुन्छन ।

तर जन्म पछि फालिएका संतानहरु बाल अनाथालयमा न पुग्नेहरुको दुर्भाग्य कस्तो हुन्छ भन्न सकिदैन । अर्को तर्फ जन्म दिएर हुर्काउने साहस गर्ने अविवाहित आमाहरुको पनि कमी छैन । आङ्खनो संतानको पालन पोषणको जिम्मा आफै लिनु पर्ने हुन्छ । त्यस्तो आमाहरु संग कुनै पुरुषले विहे गर्न मान्दैन । यी समस्याहरुबाट बच्न यौन शिक्ष्ाँको बढी आवश्यकता छ यस शिक्षाबाट यौन संपर्कमा संयम किन राख्ने र विवेकपूर्ण निर्णय कसरी गर्ने तथा नाइ कसरी कुन अवस्थामा भन्ने जस्त कुराहरु वारे सल्लाह पाइन्छ । यसको साथै नारी आङ्खनो यस्तो छवि प्रस्तुत गरोस जसमा आत्म विश्वास, क्षमता र साहस पनि होस । यसको साथै पुरुषको पनि नया“ पिढ≥ी यस्तो तैयार होस जो संवेदनशीलको साथै शक्तिशाली पनि होस । यस्तो पिड≥ी नारी शक्तिलाई चिन्छ र त्यसलाई समुचित स्थान पनि दिन्छ । यसको साथै समाजमा जरा गाड≥ेको पुरातन विचारमा पनि समय अनुसारको परिवर्तन आउनु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News