२०७८ आश्विन ६, बुधबार ०७:५३

जनकपुरधाम । आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण काम नपाएर फुर्सदिला मन्त्री भएको बताउँछिन् ।

मन्त्रीको जिम्मेवारी पाएपछि बेरोजगार भएको बताउदै मन्त्रालयका कर्मचारीले असहयोग गर्दा काम बिहीन भएको उनले बताइन् । समान्य जानकारी र कार्यालयको काममा कर्मचारीबाट असहयोग भएको उनले गुनासो गरिन् । कुनै पनि काम गर्न भनेपनि कर्मचारी सम्पर्क बिहीन बन्ने गरेको छ, उनले भनिन् । मन्त्री कर्णको कार्याकक्षमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री संगै माओवादी जनयुद्धका शहीद सुर्यनाथ राण यादव, जय गोविन्द साह र रामवृक्ष यादवको तस्बीर राखिएको छ । मधेस आन्दोलन र जनआन्दोलनका शहीदको तस्बीर कार्यालयमा ल्याइएपनि मन्त्रीको कार्यकक्षमा झुण्डियाइएको छैन् । मन्त्रीले पदभार सम्हालेको २ महिना भएपनि मधेश आन्दोलन लगायतका शहीदको तस्बीर झुण्डियाउन कर्मचारीले अटेर गरेको छ । कर्मचारीलाई पटक पटक सबै शहीदको तस्बीर राख्न भनेपनि वास्ता नगर्दा माओवादी जनयुद्धका शहीदको मात्रै तस्बीर राखेर अन्य शहीदहरुलाई अपमान गरेको आरोप लाग्न सक्ने कर्ण बताउँछिन् । हेर्दा अपमान गरेको लाग्छ, तर वास्तविकता फरक छ, उनले भने,‘सबै शहीदलाई सम्मान गर्छु । कार्यकक्षमा सबै शहीदको तस्बीर लगाउन भनेपनि कर्मचारीले टेरेको छैन ।’ कार्यालयको काम र मन्त्रालयको गतिविधिबारे जानकारी लिन फोन गर्दा कर्मचारी नटेरेको उनी बताउँछिन् । राज्य मन्त्रीको पदभार सम्हालेको २ महिना भयो, तर कार्यकक्षमा शहीदको तस्बीर समेत कर्मचारीले राख्न मानेको छैन, कर्णले भनिन,‘म मन्त्री भएर बेरोजगार भएको छु । काम नपाएर फुर्सदिला मन्त्री भएकी छु ।

कर्मचारीले असहयोग गरेपछि के नै गर्न सकिन्छ । जानकारी माग्दा वास्ता नै गर्दैन । मन्त्रालयका उपसचिव लगायतका कर्मचारी फोन समेत उठाउदैन् ।’ मन्त्रीको सपथ लिएर शहीदको सालिकमा माला लगाउन जादाजादै गाडी बिग्रियो, घरबाट मन्त्रालय फर्किदा बाटैमा गाडी बिग्रिदा कर्मचारीले फोन नउठाउदा घण्टौ सडकमै अलपत्र परे, उनले भने । मन्त्रालयमा आउँदा गाडी मात्रै बिग्रेको लाग्यो तर यहाका कर्मचारीको आनिवानी, काम गर्ने शैली झन खराब पाएको छु, उनले भने । कार्यकक्षको भित्तामा झुण्डियाइएको टिभि र एसी देखाउदै उनले भने, ‘२ महिनादेखि पटक पटक झुण्डिएको एसी र टीभी चलाउन कर्मचारीलाई भने । तर चलेको छैन । मन्त्रालयमा एसी छ चल्दैन, टिभि छ चल्दैन, टेलिफोन छ प्रयोगमा छैन, गाडी छ काम लाग्ने छैन, कर्मचारी छ तर, काम गर्दैन ।’ कर्मचारीकै असहयोगका कारण २ महिना सम्म निवास व्यवस्थापन हुन सकेको छैन, उनले भने । मन्त्रालयको कार्यकक्षमा झुण्डियाइएको पंखा समेत चल्दैन, उनले भने । गर्मीमा थकित भएर आएका नागरिक मन्त्रालय यस्तै हुन्छ भन्दै मर्यादा माथि प्रश्न उठाउदा कर्मचारीकै कारण लज्जित हुनु परेको छ, मन्त्री कर्णले भने,‘ समान खरिद गर्न सिपालु कर्मचारी खरिद प्रक्रियामा मात्रै सक्रियता देखाउँछन् । प्रयोगमा ल्याउन सक्रिय छैन । बती काटदा मन्त्रालयको काम गर्न विकल्पहरु भएपनि जडान नगर्दा कार्यकक्षमा बस्न समेत असहज भएको छ ।’ मन्त्रालयका कर्मचारी हाजिरी गरेपछि कार्यालयमा भेटनै मुस्किल भएको कर्णले बताइन् ।

सचिवलाई केहि भन्दा तल्लो तहका कर्मचारी देखाउँछन, मन्त्री कर्णले भने,‘सचिव मुनिका कर्मचारी अटेरी छन् । पदभार समहालेको २ महिनामै कर्मचारीको व्ययवहारले दिक्क लागेको छ ।’ आर्थिक वर्ष समाप्त भएको २ महिना भएपछि वार्षिक प्रतिवेदन समेत तयार नहुँदा काम गर्न अप्ठ्यारो भएको उनले बताइन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रीका स्वकीय सचिव सुर्यनारायण साहले मन्त्रालयको काम गराउन मन्त्रीले नै घण्टौ सम्म कर्मचारी कुर्नु परिरहेको बताए । मन्त्रालयका कर्मचारी लापरवाही गर्दा मन्त्रीको गाडी बिग्रिदा बाटैमा घण्टौ सम्म पर्खिनु परेको अवस्था आएको साहले बताए । प्रदेश सरकारका समाजिक विकास मन्त्रालय, आर्थिक मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय सहित ४ मन्त्रालय एउटै भवनमा छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका कर्मचारी पुरानै भवनमा भएपनि मन्त्री र राज्यमन्त्री मन्त्रालय परिसरमा नव निर्मित ट्रष्टको घरमा सरेको छ ।

Comment


Related News

Latest News

Trending News