अपडेट 
२०७८ आश्विन ६, बुधबार १२:५१

बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

मंगलबार ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News