२०७८ आश्विन ६, बुधबार १३:२५
परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का नियुक्त हुनु भएको छ ।
खड्का परराष्ट्रमन्त्रीमा नियुक्त हुनु भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाँकी रहेका छ । समय निश्चित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनु हुनेछ ।
आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनका हिजो बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

