अपडेट 
२०७८ आश्विन ८, शुक्रबार ११:३२

नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो ।

हिजो (बिहीबार) ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११५५ रुपैयाँ थियो । आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News