२०७८ आश्विन ९, शनिबार ०७:३७

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले राष्ट्रिय जनगणनामा षडयन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

जनकपुरधाम उप– महानगरपालिका तथा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको सहयोगमा महिला सशक्तिकरण अभियानको सहकार्यमा संचालित स्थानीय जनप्रतिनिधिहरु तथा कर्मचारीहरु संग राष्ट्रिय जनगणना २०७८ मेरो गणना मेरो सहभागिता सम्वन्धी एक दिने अन्तरक्रिया तथा कार्यशाला गोष्ठीमा मेयर साहले सो अशंका व्यक्त गरेका छन् । राष्ट्रिय जनगणनामा आ– आफ्नो जाति, धर्म, मातृभाषा लेखाउन नछोड्न आग्रह गरे । उनले जनगणनामा जुन जाति नरहेकोहरुलाई यहाँ स्थापित गर्नकालागि खस मानशिकता बोकेकाहरुको षडयन्त्रवाट बच्न आग्रह गरे । प्रदेश २ मा संघीय खशवादीहरु षडयन्त्र गर्नेछ उनले भने–‘वैदेशिक रोजगारमा रहेकाहरुको संख्या पनि किटान गराउनु पर्छ ।’ वैदेशिक रोजगारमा रहेकाहरुको संख्या उल्लेख गराउन उनले आग्रह गरे । यस पटक प्रदेश २ मा संख्यामा कमि आउन सक्ने सम्भावना रहेको बताउँदै उनले कोठा वाई कोठा हेरेर कलम भर्नकालागि आग्रह गरेका थिए ।

Comment


Related News

Latest News

Trending News