जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले भाषा, साहित्य, कला साँस्कृति उजागर भएमा नेपाली जनताको भविष्य उजगार हुने बताएका छन् ।
भद्रपुर, झापामा दर्ता भएको बलेँसी साहित्त्तय समाज, नेपाल प्रदेश २ कार्य समितिले जनकपुरधाममा आयोजना गरेको सम्मान तथा घोषणा कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधामको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने, लिपि सहितको भाषिक उत्थान, व्याकरणीय पुनिर्माण गरी समाजमा चेतना ल्याउने, जागरण ल्याउने र यो मार्फत पुर्नजारण हुने बताएका छन् । मुलुकलाई समृद्ध र सचेत बनाउनमा साहित्य समाजको महत्वपूर्ण योगदान रहने प्रदेश प्रमुख मिश्रले भन्दै सबैमा शुभकामना र धन्यवाद गरेका छन् । त्यसैगरी वरिष्ठ साहित्यकार रोशन जनकपुरीले साहित्य समाज र राजनीतिलाई समेत जोड्ने गरेको बताएका छन् । उनले राजनीति झोडरीमा रहेका जनतासँग जुडेमा र झोपरीमा रहेका जनता राजनीतिकसँग जुडेमा मात्र मुलुकको विकास सम्भव रहेको बताएका छन् । साहित्यको चर्चा गर्दै साहित्यकार जनकपुरीले साहित्य र राजनीतिमा ‘रास’को बडो महत्व हुन्छ । रास आएमा मात्र समाज र मुलुक सचेत र समृद्ध बन्ने बताएका छन् । एउटा भद्रपुरका संस्था बलेँसी साहित्य समाजले जनकपुरधामको साहित्य, कला, सँस्कृति र यहाँका सभ्यतालाई उजगार गर्न खोजेकोले यहाँका समाजका लागि उपलब्धी मूलक रहेको उनले भने, ‘साहित्य जहिलो पनि जोड्ने कार्य गर्छन ।
साहित्यलाई राजनीतिककर्मीहरु पनि बुझ्नु पर्छ । केन्द्रिय अध्यक्ष प्रेमप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सामाजिक, राजनीतिक लगायत पत्रकार, कलाकार र विभिन्न संघसंस्थामा लागेको व्यक्तिहरुलाई सम्मान गरेका छन् ।


