२०७८ आश्विन १०, आईतवार ०७:५३

जनकपुरधाम । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले मातृभाषामा शिक्षा दिन आग्रह गरेका छन् ।

उनले मातृभाषामा शिक्षा दिँदा बालबालिकालाई वुझ्न सजिलो हुने र बालबालिकाहरुलाई पठन पाठनमा रुचि जाग्ने भएकाले मातृभाषामा पठन पाठन गराउनकालागि आग्रह गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा स्थित मदरसा अताए मुस्तफामा उप महानगरले गरेको जिर्णोधारको शनिवार अवलोक गर्दै उनले मातृभाषामा बालबालिकालाई पठन पाठन गराउनमा जोड दिएका छन् । जनकपुरधामा उप महानगरपालिकाले रुपैठामा मदरसाको भौतिक संरचना मर्मत गरेको छ । उपमहागनगरले गरेको निर्माण कार्याको जनकपुर धाम उप महानगरपालिकाका मेयर साहले शनिबार अनुगमन समेत गरेका थिए । अनुगमन क्रममा मेयर साहले मदरसाका पदाधिकारी र समाजका अगुवाहरुलाई सम्मान गरेका थिए । सो कार्यक्रमलाई सम्वोधन गर्दै मेयर साहले भने–‘बालबालिका भविष्यको कर्णाधार भएकाले उनीहरुको पठन पाठनमा कुनै प्रकारको कमिकमजोरी हुनु परेन् ।’

मदरसा होस वा विद्यालय बालबालिका कलिलो उमेरमा रहेका कारण उनीहरुलाई जुन बाटोमा डोर्याए त्यहि बाटो उनीहरु उपयुक्त वुझेर अवलम्वन गरेर अगाडी बढ्ने भएकाले उनीहरुलाई सहीबाटोमा डोर्याउन र बुझाउन मातृभाषामाथि जोड दिए ।

Comment


Related News

Latest News

Trending News