अपडेट 
२०७८ आश्विन १०, आईतवार १६:३६

नेपालमा आइतबार थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ७ सय ३० र ५ हजार १ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संंख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ९६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १२ सय ७९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६१ हजार १ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल १९ हजार १ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टाइनमा छन् ।

Comment


Related News

Latest News

Trending News