अपडेट 
२०७८ आश्विन ११, सोमबार ०७:५९

सत्ताधारी नेपाली काँग्रेस चौधौं महाधिवेशनको संघारमा उभिएको छ । आउदो मंसिरमा यसको महाधिवेशन सम्पन्न हुने अनुमान छ । देशको सबैभन्दा ठूलो एवं पूरानो लोकतान्त्रिक पार्टीको आउदो महाधिवेशनतिर नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरुको मात्रै ध्यान आकृष्ट भएको छैन,अपितु नेपालको राजनीतिलाई नजिकबाट नियाल्दै आएका नेपाल बाहिर रहेकाहरुकोपनि यसमा स्वभाविक रुपमा नै चासो बढेको छ । आउदै १५ महिना भित्रमा देशमा तीनवटै तहको निर्वाचन सम्पन्न हुने भएकाले पनि पछिल्लो निर्वाचनमा पार्टीले भोग्नु परेको दुःखद एवं लज्जास्पद पीडालाई विर्सिदै नेपाली काँग्रेसलाई देशको सवैभन्दा ठुलो राजनीतिक पार्टी बनाउने महती जिम्मेवारी पार्टीका शीर्षनेताहरुको काँधमा रहेको मान्नु पर्दछ । गत निर्वाचनमा पार्टीले भोगेका असलताको सूक्षम एवं यथार्थ परक विश्लेषण गर्दै समय सापेक्ष नीति र कार्यव्रmम सहीत नया नेतृत्वको विषयमा पनि चिन्तन मनन गर्नुपर्ने देखिन्छ । आउदो महाधिवेशनमा पार्टिले दलित , मधेसी , जनजाति , गरिव वर्गको भावनाको प्रतिनिधित्व गर्न सक्ने नेतृत्व चयन गर्नु पाटीको निम्ति लाभकारी सावित हुनेछ । यथास्थितिवादी चिन्तन र नेतृत्वले समाधानको गर्न नसक्ने निस्चित छ । वर्तमान सभापति शेरबहादुर देउवा सहित वरिष्ट नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र विमलेन्द्र निधीको पनि पार्टी सभापति पदमा दावेदारी देखिन्छ ।

नेतृत्वको बहुकोण्ीय प्रतिस्पर्धामा प्रकाशमान सिंह जस्ता नयाँ नेतृत्वको दावेदारीलाई पनि हलुको रुपमा लिन सकिदैन । करिव चारवर्ष अघि सम्पन्न निर्वाचनताका पनि नेपाली काँग्रेसकै प्रधान मन्त्री देउवा नेतृत्वको देशमा सरकार थियो तर पार्टीले अकल्पनिय एवं ऐतिहासिक पराजय भोग्नु प¥यो । त्यतिवेला पार्टीले पूर्णतः अराजनीतिक चरित्र देखायो । बामगठबन्धनसित प्रतिस्पर्धा गर्ने कुनै चुनावी रगंनीति र गठबन्धनको निर्माण हुन सकेको थिएन । हुनत वर्तमान अवस्थामा नेकपा एमाले एकातिर तथा नेकपा माओवादी केन्द्र एवं नेकपा एकीकृत समाजवादी पार्टीको मोर्चा अर्कोतिर रहने सम्भावना देखिन्छ तर चुनाव आउदा सम्म यिनीहरु एक पनि हुनसक्ने छन, तसर्थ नेपाली काँग्रेसले साझा बामगठबन्धनको संरचनालाई ध्यानमा राखी आफ्नो रणनीतिको निर्माण गर्नुपर्दछ । वर्तमान अवस्थामा तराई–मधेसका जनता पनि मधेसीवादी दलहरुवाट दुःखी देखिन्छन र तिनको स्वभाविक आकर्षण एवं अपेक्षा नेपाली काँग्रेसप्रति नै हुन गएको छ । के नेपालीकाँग्रेस यस्ता तमाम चुनौतीहरुलाई स्वीकार गर्न सक्दछ म गर्दै आएका उनले कम्युनिस्टको प्रभावलाई कमजोर बनाउने एकलो अभिमन्यु पनि सावित भएका छन । उनी सुरु देखिनै वामपन्थी दलहरुसितको सहयात्रा एवं सहकार्यलाई महत्व दिनुको सट्टा नेपाली काँग्रेसलाईनै बलिया बनाउने मान्यताका नेता मानिन्छन् । हुनपनि नेपाली काँग्रेस कम्जोर हुनुको प्रमूख कारण बामदलहरुसितको सहकार्य नै हो । राष्ट्रिय राजधानी काठमाण्डौमा नेपाली काँग्रेसको जनाधार विकसित गर्न र कायम राख्नु प्रकाशमानसिहं बाहेक अन्य नेताहरुको निम्ति सम्भव थिएन । नेपाली काँग्रेसको स्थापना, यस पार्टीलाई पल्लिवत र पुष्पित गर्न गणेशमान सिंहको परिवार र चाक्सीवारीको योगदानलाई कम ठान्नु अन्याय हुनेछ ।

दक्षिण एशियमा सहित देशको राजनीतिलाई बुझने चेस्टा पनि हुनु पर्दछ । बामपन्थी दलहरु भित्रको अन्तरकलाहरु कारण नेपाली काँग्रेसलाई अपुतालि धनको रुपमा सत्ता हात लागेको छ । सरकार भन्दा बाहिर रहेपछि जनताको सदभाव, समर्थन र सहानुभुति पनि प्राप्त हुने गर्दछ तर सरकारमा गएपछि त्यस अवसरवाट बंचित रहने अवस्था आउछ । अहिले देशको राजनितीमा मधेसी,दलित , जनजाती, थारु , मुसलमान , अलपसंख्यक एवं महिला अधिकार लगयतका विषयले धेरै महत्व पाउने गरेको छ । यस्तोमा नेपाली काँग्रेस पार्टी, जसले आजसम्म बाहुन र क्षेत्री वाहेक अन्यलाई पार्टीको सभापति बनाएको छैन । एकपटको निम्न जनजाति समुदायलाई अवसर दिनुपर्छ । जनआन्दोलन–२ को सफलता पश्चात तत्कालिन राजा श्री ५ वीरेन्द्रले अन्तरिम सरकारको नेतृत्व लिन गणेशमान सिंहलाई नै आग्रह गरेका थिए । उनले त्यागको उच्च आर्दश दोखउदै सो पद लिन वाट अस्विकार गर्दै कृषण प्रसाद भट्टराईलाई म्रधान मन्त्री बनाएका थिए । देशका प्राय सवै जसो बामपन्थी दलहरुको पनि सहमति र समर्थन उनको नाममा थियो तर पनि उनले त्याग देखाए । जन आनदोलन–२ सफल भएको िद न र ाजधानी काठमाण्डौको टुडीखेलमा आयोजित विशाल विजय जुलुस र आमसभामा गिरिजा बावूको एउटा शब्दलाई भीडले पचाउन नसकी चर्को विरोध गर्दा गणेशमान सिंहले नै भीडलाई शान्त पारेका थिए । गणेशमान सिंहको परिवारले नेपाली काँग्रेस लोकतन्त्र र यस देशको निम्ति धेरै थोक दिएको छ । पार्टीको सभापतिको पदमा प्रकाशमान सिंहको दावेदारीलाई स्वभाविक नै मान्नुपर्ने हुन्छ । विगतका दिनमा गणेशमान सिंहले मातृका प्रसाद कोइराला , वि.पी. कोइराला, गिरिजाप्रसाल कोइराला, कृष्णप्रसाल भट्टराईलाई समेत प्रधान मन्त्री बनाउन समेत सहयोग एवं समर्थन गरेका थिए ।

गणेशमान सिंहको निधन पश्चात प्रकाशमान सिंहले पनि गिरिजाबाबू, शेरबहादुर देउवालाई र सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउन सहयोग एवं समर्थन गरेका छन् । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवारीमा पनि उनले निकै सहयोग गरेका थिए साथै तेह्रै महाधिवेशनमा पनि पूर्ण रुपले सहयागे गरेका थिए । कुनै एउटा परिवारसित मात्रै त्याग, समर्पण एवं सहयोगको अपेक्षा राख्नु उचित हुदैन ।पार्टीका केही नेता र कार्यकर्ता यस यथार्थबाट बुझ पचाउन सक्दछन तर आमजनता भने प्रत्येक घटनाव्रmमको सुक्ष्म रुपमा विश्लेषण गरिरहेको हुन्छन । एउटा लोकतान्त्रिक पार्टीमा नेर्ततवको परिवर्तन भइरहनु पर्छ । हुनत रामचन्द्र पौडेल , बिमलेन्द्र निधी, प्रकाशमान सिंह र डा. शशांक कोइराला विच यस विषयमा छलफल पनि नभएको होइन तर बिमलेनद्र निधीले खुल्ला रुपले आफ्नो उम्मेदवारुीको दावी गरिसकेपछि एक किसिमले आउदो महाधिवेशनमा पार्टी सभातिको पदमा बहुकोणीय प्रतिस्पर्धा हुन सक्ने संभावनालाई सोझै खारेज गर्न सकिदैन । नेपाली कौग्रेसले विगतका दिनमा र हाल पनि बामपन्थी दलहरुसित सहकार्य अथवा सहयात्रा गर्नु कीमार्थ पनि ठीक हौइन, स्व. वी.पी कोइराला यस मान्यताका कडा विरोधी थिए । बामपन्थी दलसितको सहयात्रा नेपाली काँग्रेसलाई कम्जोर नै बनाउने छ, बलियो होइन । प्रधानमन्त्री शेरबहादुर देउवा नेपालको ७ दशक लामो राजनीतिक इतिहासमा सर्वाधिक पटक प्रधानमन्त्री बन्ने फेहरिस्तमा अग्रस्थानमा हुनुहुन्छ । नेपाली काँग्रेसलाई नेतृत्व पनि उनले प्रदान गरि नैसकेका छन । अझ एक वर्ष उनीनै देशको प्रधानमन्त्री पदमा रहनेछन् ।

तसर्थ पार्टीमा एक व्यक्ति एक पदको मान्यतालाई विकसित गर्न पार्टीको नेतृत्व नया अनुहारलाई दिनु उपयुक्त हुनेछ । हालसम्म पार्टी सभापति पदमा दावेदारी गर्ने अनुहारहरुमा त प्रकाशमान सिंह नै बढी सक्षम र योग्य देखिन्छन । प्रकाशमान सिंहको पक्षमा पार्टीका युवा मधेसी , जनजातीसहित सवै वर्गका कार्यकर्ताहरुको सहानुभुति र समर्थन रहने देखिन्छ । देशमा लोकतन्त्रको लागी अनवरत संघर्ष गर्ने यस पार्टीको आउदो महाघिवेशनले लोकतान्त्रिक तरिकाले नै नया नेतृत्वको पनि चयन गर्ने निश्चित छ ।

Comment


Related News

Latest News

Trending News