अपडेट 
२०७८ आश्विन १२, मंगलवार ०७:४५

जलेश्वर । प्रादेशिक अस्पताल जनकपुरधाम स्वास्थ्य क्षेत्रमा फड्को मार्दैछन ।

सोमबार अस्पतालमा वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानका प्रोफेसर यूरोसर्जन डा.सुधिर सिंहको प्राविधिक सहयोग तथा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.प्रमोद कुमार यादवको पहलमा दुरबीन प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया सफलतापुर्वक गरिएको छ । जनकपुरधाममा नै यो पहिलो पटक सेवा प्रदान गरिएको डा.यादवले बताए । अन्य प्रविधिको तुलनामा मुत्रनलीमा भएको समस्यालाई दुरबीन प्रविधिबाट गरिने शल्यक्रियालाई उत्तम मानिन्छ , डा.यादवले प्रष्ट्याए । प्रोस्टेट भएको विरामीलाई घरी–घरी पिशाबले च्याप्ने तथा पुर्ण रुपमा पिशाब पास नहुने समस्या हुने गरेको डा.यादवले बताए । सोमबार दुई जना विरामीलाई दुरबीन बिधिले सफलतापुर्वक शल्यक्रिया गरिएको हो । आर्थिक रुपले महँगो मानिने यो विधि प्रादेशिक अस्पतालले सेवा प्रदान गरेकोमा विरामीहरुले खुशी व्यक्त गरे ।आर्थिक तथा प्राविधिक दृष्टिकोणले निकै महँंगो मानिने यो प्रविधिको उपचार जनकपुरमा पहिलो पटक प्रादेशिक अस्पताल जनकपुरधाममा नै भएको मेसु डा.यादवले दावी गरे ।

यस अघि अत्यन्त दुर्लभ र जटिल रोग मानिएको साईटस ईनभर्स अर्थात उल्टो अंग भएका विरामीको आन्द्राको शल्यक्रिया मेसु डा.यादवकै नेतृत्वमा सफलतापुर्वक भईसकेको छ ।

Comment


Related News

Latest News

Trending News