२०७८ आश्विन १२, मंगलवार १३:५३

प्रदेश–२ सरकारले जितिया पर्वको उपलक्ष्यमा भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी शुभकामना सन्देशमा प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाका लागि असोज १३ गते भोलि (बुधबार) बिदा दिएको उल्लेख छ । पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण बर्तालु महिलामा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् ।

सन्तानप्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम गरुन् भनी कामना पनि गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News