२०७८ आश्विन १३, बुधबार ०७:२९

लहान । सिरहाको गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवाको काठ चोरी गर्दागर्दै जेसिबीसहित चालक पक्राउ परेका छन् ।

सखुवाको गोलिया लोड गरि लगिरहेको अवस्थामा ना १ ग ७०६ नम्बरको जेसीबीसहित चालक श्रवण कुमार साह पक्राउ परेका हुन् । स्थानीयले सोमबार राति जेसिबीसहित उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको छ । जेसिबी गोलबजार नगरपालिकाको रहेको प्रहरीले जनाएको छ । साहमाथि आवश्यक अनुसन्धान भइरहेको मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले वनको काठ चोरी गरेर लगिरहेको सूचना स्थानीयले दिएपछि जेसिबी र चालक साहलाई नियन्त्रणमा लिएको उनको भनाई छ । वनमा हावाहुरीको समयमा खसेको काठ जेसिबी लिएर नगरपालिकाले संकलन गर्ने कार्य गराएको थियो । साँझ परेपछि फर्किने क्रममा सखुवाको गोलिया राखेर गइरहेको देखेपछि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाएको स्थानीय बताउँछन् । जेसिबी चालक र काठ चोर्न निर्देशन दिने वडाध्यक्ष कामतीमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन् । वडाध्यक्ष कामतीले भने घटनाबारे केहि प्रतिक्रिया दिन मानेनन् ।

Comment


Related News

Latest News

Trending News