२०७८ आश्विन १४, बिहीबार १३:११

प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नु भएकाे सर्वदलीय बैठक सम्पन्न भएकाे छ ।

बैठकमा संसदलाई मर्यादित र निर्वाद चलाउन प्रमुख प्रतिपक्षी दल एमालेबाट सकारात्मक सहयाेग मिल्ने विषयमा छलफल भएकाे सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयाे ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी बेदुराम भुषाला लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट भने कोहिपनि उपस्थिति रहेकाे थिएन  । बिहिबार बिहान साढे दस बजेदेखि सुरु भएको सर्वदलीय बैठक संसदको गतिरोध सम्बन्धमा केन्द्रित थियाे ।

Comment


Related News

Latest News

Trending News