अपडेट 
२०७८ आश्विन १६, शनिबार ०७:०५

जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयलाई बागमती सेवा समाज हरिवनले विश्वव्यापी माहामारीको रुपमा रहेको कोभिड–१९ न्युनिकरणको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई शुक्रबार समाजले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संकटको समयमा दातृ निकायको सहयोगमा बागमति सेवा समाजले सामाजिक विकास मन्त्रालय र प्रदेशको विभिन्न अस्पतालमा उपलब्ध गराएको स्वास्थ्य सामग्रीले ठुलो सहयोग पुगेको मन्त्री साहले बताए । सरकारसंग बजेट अभाव र तत्काल खरिद गर्न नसक्ने समयमा विगतमा समेत उपलब्ध गराएको स्वास्थ्य सामग्रीले नागरिकको उपचार गर्न सहज भएको उनले बताए । बजेट हँुदाहँुदै पनि झन्झटिलो प्रक्रिया र खरिदका लागि लामो समय पर्खिनु पर्ने बेलामा कोरोना नियन्त्रण गर्न बागमति सेवा समाजले प्रादेशिक अस्पताललाई सहयोग गरेको प्रादेशिक अस्प्तालका प्रमुख डा. प्रमोद कुमार यादवले बताए । बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारीले कोभिड १९ बिरुद्धको लडाईमा हामी सबै एक भएर लाग्नु पर्ने बताए । श्रोत साधनहरुको उपलब्धता अनुसार वागमती सेवा समाजले प्रदेश २ का प्राय सबै जिल्लाहरुका जिल्ला अस्पतालमा बिभिन्न खालका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको बताए ।

समाजले उपकरण तथा आवश्यक सामग्रीहरु प्रादेशिक अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, र महोत्तरी अस्पताललाई हस्तान्तरण गर्ने योजना बनाएको उनले बताए । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन सिलिण्डर सहितको प्यासेन्ट ट्रली १ थान, के एन ९५ मास्क ५० पिस, सर्जिकल ग्लोब्स ५०० जोर, ५ प्यारामिटर सहितको वेड साइज भाइटल मोनिटर १ थान, फेस सिल्ड २५० थान, सु कभर ५० जोर, भेञ्चर मास्क ५० थान, एम्बु ब्याग १ थान, आइ भि क्यानुला २५ थान, आइ भि स्ट्याण्ड ५ थान, नेबुलाइजर १ थान, इन्फ्युजन पम्प १ थान, हेण्ड सानिटाइजर १० बोटल रहेका छन् । कार्यक्रममा मधेस स्वास्थय विज्ञान प्रतिष्ठानका उप कुलपति रामकेवल साह, डा जामुन सिंह, स्वास्थ्य निर्देशनलयका प्रमुख विजय झा लगायतका सहभागि थिए ।

Comment


Related News

Latest News

Trending News